भरतपुर,असोज २६-
भरतपुर महानगरपालिका ६ मा जारी वडाध्यक्ष कप अन्तर टोल स्तरीय भेट्रान फुटबलमा आज दुई खेल सम्पन्न भएको छ ।
आजको पहिलो खेलमा सनिश्चरी टोल विकासले दक्षिणकाली टोल विकासलाई पराजित गरेको छ । सनिश्चरीले दक्षिणकालीलाई २-० ले पराजित गर्यो । विजयी टोलीका नारायण भुजेल म्यान अफ दि म्याच भए ।
दोस्रो खेलमा ईन्द्रसरोवर टोल विकासले नवदुर्गालाई २-० ले पराजित गर्यो । ईन्द्रसरोवरका कृष्णलाल श्रेष्ठ म्यान अफ दि म्याच भए । यो जितसँगै यी दुबै टोली सेमिफाइनल प्रवेश गरेका छन् ।
प्रतियोगितामा भोलि पनि दुई खेल हुनेछ । भोलि दिनको पहिलो तथा अन्तिम क्वाटरफाइनलमा नवज्योति टोल विकास र ईन्द्रेणी टोल विकास भिड्दा भोलि नै पहिलो सेमिफाइनल खेल पनि हुनेछ । जसमा चोकबजार टोल विकास र ईन्द्रसरोवर टोल भिड्नेछन् । प्रतियोगिता ३० गतेसम्म चल्नेछ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार