चितवन, २६ असोज
भरतपुर महानगरपालिकाको कार्यपालिका बैठक उपमेयर सहित नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले बहिस्कार गरेका छन् ।
महानगरप्रमुख रेनु दाहालले एकलौटी गरेको भन्दै उनीहरुले आज बिहान ८ बजे बोलाएको कार्यपालिकाको बैठक बहिष्कार गरेका हुन् ।
कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले भ्रमण बर्ष २०२४ का लागि जनप्रतिनिधिहरुसंग समन्वय नगरेको आरोप लगाएका छन् ।
भ्रमण बर्ष २०२४ का लागि एकलौटी मेयर दाहालको मात्र प्रचार गरेको भरतपुर महानगरपालिका वडा नम्वर १० का वडाध्यक्ष परमेश्वर खनालले बताए । महानगरप्रमुख दाहालले वडामा वितरण हुने बजेटमा पनि मनोमानी गरेको उनले बताए ।
भरतपुर महानगरपालिकामा उपमेयर सहित कांग्रेसबाट निर्वाचित १७ जना वडाध्यक्ष र पाँच कार्यपालिका सदस्य रहेका छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार