भरतपुर । भरतपुर महानगरपालिका वडा नम्बर ११ को आयोजनामा बिहिवार देखि खेलकुद प्रतियोगिता हुने भएको छ ।
वडा कार्यालयको आयोजनामा स्वास्थका लागि खेल्नुहोस्, राष्ट्रका लागि खेल्नुहोस् भन्ने नाराका साथ आयोजना भएको प्रतियोगितामा वडा भित्र सक्रिय युवा क्लबहरू लाई सहभागी गराईएको जनप्रतिनिधि लालमाया लामाले जानकारी दिनुभयो ।
चाडपर्व लक्षित गरि खेलाउन लागिएको दशै तिहार कप ( २०८० फुटबल प्रतियोगितामा मार्ग दर्शन युवा क्लब, कैलास युवा क्लब, गज युवा क्लब, एभरेस्ट युवा क्लब, यूनिक युवा क्लब, युनिक एफ सि, दरवार युवा क्लव र भोजाड ब्वाइज गरि आठ टिम सहभागिता हुने आयोजकले जनाएको छ ।
असोज २५ गते देखि २८ गते सम्म गज खेल मैदानमा शुरु हुने प्रतियोगितामा प्रथम, द्वितिय, तृतीयका साथै विभिन्न विधाहरूमा पुरस्कारको व्यवस्था गरिएको आयोजक वडा जनप्रतिनिधि तारा कुमालले जानकारी दिनुभयो ।