Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, मंसिर २३, २०८२
☰
Logo मङ्गलबार, मंसिर २३, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिबिएस प्रथम वर्षको नतिजामा इन्टरनेशनल कलेज, चितवनबाट सन्जिला विश्वकर्मा भईन् नेपाल तेश्रो र चितवन प्रथम

उदयराज वाग्ले र श्रृद्धि कर्माचार्य बने मास्टर एण्ड मिस अङ्कुरम्

कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

लोकप्रिय समाचार

  • १. आज बुधबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • २. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३. हेर्नुस आज मिति वि.सं.२०८२ साल मंसिर २० गते । शनिबारको राशीफल

  • ४. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ५. हेर्नुस आज मिति २०८२ मंसिर १८ गते बिहिवारको राशीफल

  • ६. आज आइतबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ७. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ८. चितवनबाट काठमाडौँ भ्रमण गएर फर्कंदै गरेको विद्यार्थी बोकेको बस धादिङमा दुर्घटना

  • ९. विश्वराज अधिकारीको उपचारका लागि विद्यार्थी नेता विनय आचार्यद्वारा वीरेन्द्र क्याम्पसबाट सहयोग अभियान सुरु

  • १०. मलेखु–मुग्लिङ सडकखण्डमा दुईवटा बस ठोक्किए

पाँच वर्षसम्म इमान्दार भएर गरेको विकासका काम नै मेरो जितको आधार हो: मदन सुन्दर श्रेष्ठ(अन्तर्वार्ता )

भक्तपुर, २३ वैशाख-

मध्यपुर थिमि नगरपालिकाको मेयरमा एमालेका तर्फबाट मदन सुन्दर श्रेष्ठले उम्मेदवारी दिएका छन् । उनी मध्यपुर थिमिको निवर्तमान मेयर पनि हुन् । पेसाले सिभिल इन्जिनियर रहेका उनी शंखधर मेमोरियल स्कुलका फाउन्डर प्रिन्सिपल हुन् । कानुनमा स्नातक तह, व्यवस्थापनमा स्नातकोत्तर तह अध्ययन गरेका श्रेष्ठलाई मध्यपुर थिमिवासीले मत किन दिने, फेरि मेयरमा उम्मेदवारी दिनुको कारणसहित समग्र विषयमा न्युज कारखानाले लिएको अन्तर्वार्ता :

पहिलो कार्यकाल सकेर फेरि आफूलाई मत माग्दै हिँड्दा जनताको कस्तो प्रतिक्रिया पाउनु भएको छ ?

पाँच वर्षको कार्यकाल पूरा गरेर मेयर पदबाट राजीनामा दिएँ । फेरि मेयरमै उम्मेदवारी दिएको छु । र मत माग्न मतदाताको घरघरमा पुगिरहेको छु । पहिलो पाँच वर्षमा जनताले देख्ने गरी धेरै कामहरू भएका छन् । हामीले पाँच वर्षको अन्तरालमा गरेका कामका आधारमा जनताबाट राम्रै उत्साह र फेरि दोहोरिनुपर्छ भन्ने भावना पाएको छु ।

पाँच वर्षको अवधिमा तपाईंले गरेका आफ्ना प्रमुख कामहरूलाई सम्झनु पर्दा कुन कुन कामहरू सम्झनु हुन्छ ?

कामहरू त धेरै भए । तर, आफूले गरेका कामहरू मध्ये ५-६ वटा कामहरू देखिने भन्ने गरेको छु । अरू आमरुपमा बाटाघाटा, सडक, ढल, खानेपानी, ढुङ्गा बिछ्याउने लगायतका विकासका कामहरू भई नै गयो । मेरो कार्यकालमा भएका महत्त्वपूर्ण कामहरू मध्ये देखिने काम भनेको सङ्घीयता कार्यान्वयनको कामहरू प्रस्ट देखिने गरी गर्‍याैँ । ७५३ वटा पालिकामध्ये एउटै स्थानीय तह छ, जसले आफूलाई स्थानीय सरकार भनेर लेख्छ, त्यो भनेको मध्यपुर थिमि नै हो । हामीले लेटर प्याडदेखि साइनबोर्डसम्म मध्यपुर थिमि नगरपालिका स्थानीय सरकार भनेर लेख्छाैँ र त्यहीअनुसार पत्राचार गर्ने गर्छाैं । संघीयताको यो महत्त्वपूर्ण कार्यान्वयनको पाटो हो ।

अर्काै, विकास निर्माणको सन्दर्भमा धेरै काम गरेका छौँ । सम्पदा संरक्षणको सवालमा मध्यपुर थिमिमा यो अवधिमा धेरै कामहरू भएका छन् । सम्पदा संरक्षणमा मध्यपुर थिमि नगरपालिकाको काम नेपालकै नमुना र अग्रणी रह्यो । काठमाडौं, भक्तपुर र ललितपुरमा त पहिल्यै सम्पदा बस्ती थियो । पहिलै सम्पदाको सहर थिए ती । पछिल्लो कार्यकालमा मध्यपुर थिमि उत्कृष्ट सम्पदाको क्षेत्रमा काम गर्ने स्थानीय सरकार हो भन्ने कुरा हामीले पुष्टि गर्न सफल भयौँ भन्ने मलाई लाग्छ । नगरपालिकाबाट १०० बेडको अस्पताल सञ्चालन गर्न सकिन्छ भनेर पुष्टि गर्‍याैँ । अन्यत्र १५ बेडको अस्पताल सञ्चालन गर्न गाह्रो भइरहेको बेला हामीले १०० बेडको अस्पताल सञ्चालन गरेर कोभिडको बेलामा सेवा दियौँ । पीसीआर ल्ययाब सञ्चालन गर्नेदेखि अक्सिजन प्लान्ट सञ्चालन गर्ने काम यहाँ भयो ।

आईसीयू व्यवस्था गर्नेदेखि भेन्टिलेटरको व्यवस्थापन र क्राइसिस म्यानेजमेन्टका कामहरूे कुशलतापूर्वक गर्न सक्यौ । त्यो कामहरू नेपालमै नमुना योग्य रह्यो भन्ने मलाई लाग्छ । अर्काे राम्रो र सफल काम भनेको फोहोर मैला व्यवस्थापन पनि हो । हामीले जापनीज प्रविधि रिकिसी भित्र्याएर जुन कुहिने फोहोरमैलालाई नमुनाका रूपमा व्यवस्थापन गर्न सक्याैँ, त्यो पनिसफलता हो भन्ने मलाई लाग्छ । यो प्रविधिबाट अहिले हामीले लगभग पाँच हजार घरधुरीको फोहर व्यवस्थापन गरेर कम्पोस्ट मल बनाइरहेका छौ । सम्पदा संरक्षण सँगसँगै नयाँ बस्तीहरूलाई व्यवस्थित सहरीकरण गर्नु पर्छ भनेर पनि काम गरिरहेका छौ । सबैभन्दा बढी जग्गा एकीकरण आयोजना ल्यान्ड पुलिङ लागु गर्ने नगरपालिको रूपमा रहेको छौँ । उपत्यका विकास प्राधिकरण खारेज हुनुपर्छ भनेर हामीले त्यसबाट सञ्चालित आयोजनाहरू फिर्ता ल्याएर काम गरिरहेका छौँ । प्राधिकरणमा रहेका चार वटा आयोजनामध्ये तीन वटा फिर्ता ल्याएका छौ भने नयाँ सातवटा आयोजनाहरू हामीले यहाँ सञ्चालन गरेका छौ । यसरी हामीले व्यवस्थित सहरीकरणका क्षेत्रमा पनि सफलता हासिल गर्‍याैँ भन्ने मलाई लाग्छ ।

अब फेरि नगरप्रमुख हुनु भयो भने के गर्नु हुन्छ ?

जुन विकास निर्माणका अधुरा कामहरू छन्, त्यसलाई पूरा गर्नेछु । सम्पदा बस्तीहरू जुन रुपमा पुनर्निर्माण गर्ने काम भएको छ त्योसँगै नयाँ बस्तीहरू व्यवस्थित सहरीकरण गर्ने कामलाई मैले दोस्रो प्राथमिकतामा राखेको छु । अस्पताल सञ्चालनको काम पनि छ । कोभिडमा हामीले गरेको कामलाई देखेर एक अर्ब पाँच करोड बजेट कोरियन सरकारले स्वीकृत गरेको छ । त्यो रकम कोरियन संसदबाटसमेत पास भएर आइसकेको छ । त्यसको आधारमा हामी तीन सय बेडको पूर्वाधारसहितको अस्पताल बनाउँछौ । त्यसबाट हामीले एउटा मेडिकल कलेजको आधार तयार गर्नेछौँ । नर्सिङ कलेज समेत सञ्चालन गर्ने छौ । फोहोरमैला व्यवस्थापनको लागि अहिले पाँच हजार धुरीलाई उपयोगी भएको प्रविधि एउटा वडाको लागि एउटामा सीमित हुने गरी नगरपालिकाभरि विस्तार गर्ने र उपत्यकाभरि विस्तार गर्नुपर्छ भनेर मैले योजना बनाएको छु ।

तपाइँ (एमाले)विरुद्ध गठबन्धन बनेको छ । जित कतिको सहज देख्नु हुन्छ र जितका आधार के हुन् ?

मैले जित्ने आधार भनेको पाँच वर्षसम्म इमान्दारसँग देखिने गरी गरेका विकासकै कामहरू हुन् । दोस्रो हाम्रो सङ्गठन नै हो । पाँच वर्षअघि संठनात्मक रूपमा म कमजोर थिएँ, त्यो बेला मैले गठबन्धन गरेर चुनाव लडेको थिएँ । आज कांग्रेस कमजोर भएको छ, उसले गठबन्धन गरेको छ । त्यतिखेर दुई तिहाइ जितेको पार्टी गठबन्धनको सहारामा आउनु भनेको उनीहरू डिफेन्सिभ भएर आएको स्पष्ट हुन्छ । कांग्रेसले यहाँ माओवादीको वैशाखी लिएर आएको छ । हामीले सुनेको भनेको त पाँच दलीय गठबन्धन हो नि । पाँच दलीय गठबन्धनको सरकार छ । यहाँ त अहिले दुई दल मात्र मिलेर आएका छन् । तीन दललाई त उहाँहरूले रिङ आउट गर्नु भएको छ । त्यसैले उहाँहरूको यो गठबन्धन उहाँहरूकै लागि प्रत्युत्पादक हुन्छ भन्ने मलाई लागेको छ । हामीले गरेका विकास निर्माणका कामबाट मतदाता सचेत हुनुहुन्छ । यो गठबन्धनका नाममा जनतालाई झुक्याउने र भागबन्डाको कुरा जुन आएको छ यसलाई जनताले रुचाउने छैनन् । समग्र रूपमा भोटिङ गर्दा मध्यपुर थिमि नगरपालिकामा हामीले बहुमत सदस्यसहित जित्ने छााैँ।

Chitwan Aaja चितवन आज
शुक्रबार, बैशाख २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
प्रधानमन्त्रीसँग दुर्गा प्रसाईंले मागे माफी
राप्ती र नारायणीमा घडियाल गणना तथा अनुगमन सुरु
अण्डाको मूल्य हालसम्मकै उच्च

ताजा समाचार

सबै

प्रधानमन्त्रीसँग दुर्गा प्रसाईंले मागे माफी

राप्ती र नारायणीमा घडियाल गणना तथा अनुगमन सुरु

अण्डाको मूल्य हालसम्मकै उच्च

काठमाडौंको सभामा हर्कले भने– हामी नै जित्छौं, सरकार बनाउँछौं

एमाले महाधिवेशन : पोखरेल समूहको अवधारणापत्र पार्टीमा बुझाइँदै

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै

हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा आज सुनुवाइ

नागढुङ्गा–मलेखु सडक १ साता आंशिक बन्द हुने

गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु

कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

एनपिएलः  अर्धशतकको सङ्ख्या ३५ पुग्यो

क्यानका निर्देशक भण्डारीसँग ५ लाख धरौटी माग

कर्णालीले जनकपुरलाई ३ रनले हरायो

निर्धारित समयमा निर्वाचन हुन्छः अर्थमन्त्री खनाल

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज बुधबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • २.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    हेर्नुस आज मिति वि.सं.२०८२ साल मंसिर २० गते । शनिबारको राशीफल

  • ४.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ५.
    हेर्नुस आज मिति २०८२ मंसिर १८ गते बिहिवारको राशीफल

  • ६.
    आज आइतबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech