चितवन,२० असोज
पश्चिम् चितवन चनौलिमा रहेको बेस्ट डेस्टिनेसन एजुकेशन प्रालिले गुन्जानगरमा रहेको द राईजिङ्ग स्टार युवा क्लबलाई जर्सि लगायत खेलकुद सामाग्री सहयोग गरेको छ ।
शुक्रवार भएको कार्यक्रममा बेस्ट डेस्टिनेसनका संचालक संजय कुवँरले द राईजिङ्ग क्लबका अध्यक्ष पवन रानामगरलाई सो सामग्री हस्तान्तरण गरे ।
बेस्ट डेस्टिनेसन र द राईजिङ्ग क्लब बिच बिभिन्न खेलकुदका गतिविधिहरु सहकार्य गर्ने सहमति भएको छ ।
खेलकुदका कार्यक्रमहरुमा उक्त क्लबलाई बेस्ट डेस्टिनेसनले आर्थिक सहयोग पनि गर्ने भएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार