चितवन १९ असोज ।
सामाजिक सेवा दिवसको अवसर पारेर युथ क्लब नारायणगढले देवघाटको वागेश्वरीमा निर्माण गरिएको ढुङ्गेधारामा डष्टविन सामग्री वितरण गरेको छ ।
क्लबका अध्यक्ष शालिग्राम नेपालको सभापतित्वा भएको कार्यक्रममा सामग्री वितरण गरिएको हो । खानेपानी तथा सरसफाई डिभिजन वागमती प्रदेश कार्यालयले भर्खरै मात्र ढुङ्गेधारा निर्माण गरेको छ । देवघाटमा दाहासस्कार गर्न शव लैजादा विच जंगलमा पिण्ड दिने गरिन्छ । सोही स्थानमा ढुङ्गेधारा निर्माण गरिएको छ ।
पिण्ड दिने जानेहरुको लागि पानीको स्रोत, वाटोमा यात्रा गर्नेहरुको लागि पानी र नेपाली मौलिकता देखिनको लागि ढुङ्गेधाराको निर्माण गरिएको हो । पानी भएपछि मानिसको गतिविधि वृद्धि हुने र फोहर जथाभावी फाल्ने समस्या हुने भएकाले डष्टविन वितरण गरिएको क्लबका महासचिव रामचन्द्र आचार्यले बताउनुभयो ।
वितरण कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका प्रतिनिधि हरिलाल भुसाल र ढुङ्गेधारा उपभोक्ता समितिका कोषाध्यक्ष रामहरि कोइरालालाई क्लबका अध्यक्ष नेपाल, पूर्व अध्यक्ष भुवन आचार्यले संयंयुक्त रुपमा हस्तान्तरण गरिएको थियो । कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका प्रतिनिधि भुसालले उपयुक्त समयमा सामग्री सहयोग प्राप्त भएको बताउनुभयो । कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका पूर्व सदस्य नवराज ढकाल, क्लबका पुर्व अध्यक्ष भुवन आचार्यले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा क्लबका उपाध्यक्ष दयाराम कडेल, कोषाध्यक्ष अनिता नेपाली, सदस्य केशव पौडेल, सदस्य सौरभ प्रधान, देवघाट क्षेत्र विकास समितिका प्रतिनिधि हरिलाल भुसाल, ढुङ्गेधारा उपभोक्ता समितिका कोषाध्यक्ष रामहरि कोइरालालगायतले सरसफाइ गर्नु भएको थियो । कार्यक्रम क्लबका महासचिव रामचन्द्र आचार्यले सञ्चालन गर्नु भएको थियो ।