Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, कार्तिक २२, २०८२
☰
Logo शनिबार, कार्तिक २२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

  • ३. सोमबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहाेस् राशिफल

  • ४. आइतबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ५. उवासंघ चितवनको अध्यक्षमा शिरीष पन्तले उमेदवारी दिने

  • ६. हेर्नुस तपाइँको आजको राशीफल

  • ७. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ८. भोलिदेखि नारायणी किनारमा हुने खेलकुद तथा व्यापार महोत्सवको तयारी पुरा

  • ९. नारायणघाट-बुटवल सडकको दाउन्ने खण्ड २ महिनासम्म एकतर्फी हुने

  • १०. चितवनको माडी जाने निकुञ्जभित्रको सडकमा मोज्याक टायल लगाइने

आगामी वर्ष नेपालको आर्थिक वृद्धिदर बढ्ने विश्व बैंकको प्रक्षेपण

काठमाडौँ, १८ असोज :

विश्व बैंकले आगामी वर्षमा नेपालको आर्थिक वृद्धिदर विस्तार हुने अनुमान गरेको छ । आज काठमाडौँमा दक्षिण एसियाली विकास अपडेट र नेपाल विकास अपडेट २०२३ सार्वजनिक गर्दै विश्व बैंकले सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर तीन दशमलव नौ प्रतिशत रहने प्रक्षेपण गरेको हो । यस वर्ष भने नेपालको कुल गार्हस्थ्य वृद्धिदर एक दशमलव नौ प्रतिशत रहने विश्व बैंकले जनाएको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) र काठमाडौँ विश्वविद्यालयसँग सहकार्य गर्दै विश्व बैंकले दक्षिण एसियाली विकास अपडेट र नेपाल विकास अपडेट प्रतिवेदन सार्वजनिक गरेको हो ।

आयात प्रतिबन्ध हटाइनु, पर्यटनमा फर्कँदो उत्साह र मौद्रिक नीतिमा क्रमशः गरिएको खुकुलोपनलगायत कारण नेपालको अर्थतन्त्रमा सुधार आउने विश्व बैंकको प्रक्षेपण छ । सन् २०२५ मा नेपालको अर्थतन्त्र पाँच प्रतिशतले विस्तार हुने अनुमान छ ।

विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलङ्का हेर्ने देशीय निर्देशक फारिस हदाद जेर्वोसले आगामी वर्षहरूमा नेपालमा आर्थिक वृद्धिदर बढ्दै जाने बताउनुभयो । उहाँले नेपालमा उच्च आर्थिक सम्भावना रहेको उल्लेख गर्दै नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन लागेकामा खुसीसमेत व्यक्त गर्नुभयो ।

विश्व बैंकको दक्षिण एसियाली क्षेत्र हेर्ने प्रमुख अर्थशास्त्री फ्रान्जिस्के ला ओनसोर्जले दक्षिण एसियाली विकास अपडेट सार्वजनिक गर्दै दक्षिण एसियामा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि, जलवायु परिवर्तन, चीनमा देखिएको मन्दी, प्राकृतिक प्रकोपका कारण मानिस प्रभावित हुनु, आयात र निर्यातमा गरिएको प्रतिबन्ध, नयाँ विदेशी मुद्रामा लगाइएको प्रतिबन्धजस्ता कारण अर्थतन्त्रमा चुनौती थपिएको बताउनुभयो । विश्वबजारको उत्पादन र सेवाले समेत असर पारिरहेको उहाँको भनाइ छ ।

त्यसैगरी दक्षिण एसियाका अधिकांश देशमा निजी लगानीको कमजोर अवस्था रहेको भन्दै उहाँले वित्तीय चुनौती बढ्दै गएको बताउनुभयो । उच्च ऋण न्यून आय भएका मुलुकको समस्या रहेको भन्दै उहाँले वित्तीय नीतिहरू धेरै बाध्यकारी हुन नसकेकोसमेत बताउनुभयो ।

विश्व बैंकका अर्थशास्त्री नयनकृष्ण जोशीले नेपाल अपडेटबारे प्रस्तुतीकरण दिँदै नेपालले ऊर्जा क्षेत्रमा राम्रो प्रगति गरिरहेको बताउनुभयो ।

नेपालले भारतमा विद्युत् निर्यात गरिरहेको र बङ्गलादेशमा समेत निर्यातको तयारी भइरहँदा यसले अर्थतन्त्र विकासमा ठूलो सहयोग पुग्ने उहाँको भनाइ छ । जोशीका अनुसार थोक र खुद्रा व्यापारमा आएको सुस्तता कारण सन् २०२३ मा सेवा क्षेत्रको वृद्धिलाई गतिलाई सुस्त बनाएको छ । त्यसै सन् २०२३ मा औसत उपभोक्ता मूल्य सात वर्षयताकै उच्च बिन्दुमा पुगेको भन्दै उहाँले कम आयात र उच्च रेमिट्यान्सका कारण चालु खाता घाटा छ वर्षयताकै न्यूनस्तरमा रहेको समेत उल्लेख गर्नुभयो ।

समयमा वर्षा नहुँदा कृषि उत्पादनमा प्रभाव पार्न सक्ने, भारतले चामललगायत खाद्यान्न निर्यातमा लगाएको प्रतिबन्धका कारण मूल्यवृद्धि बढ्न सक्नेसमेत उहाँले बताउनुभयो । यसले पुनः चालु खाता घाटा बढ्न सक्ने उहाँको भनाइ छ ।

सोही कार्यक्रमको छलफलसत्रमा राष्ट्रिय योजना आयोगका सदस्य डा रमेशचन्द्र पौडलले नेपाली विद्यालय शिक्षाको उत्पादकत्वसँग समन्वय गर्न नसकेको बताउनुभयो । सोही कारण नेपालको शिक्षा प्रणालीलाई परिमार्जन गर्नुपर्ने उहाँको तर्क छ । “यो शिक्षा प्रणाली पुनःसरचना गर्ने उपयुक्त समय हो, प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिनुपर्छ”, उहाँले भन्नुभयो, “हामीले युरोप र दक्षिणपूर्वी मुलुकका लागि मात्र जनशक्ति तयार पारिरहेका छौँ ।”

सो छलफलमा भाग लिनुहुँदै लक्ष्मी सनराइज बैंककी प्रमुख बिजनेस अफिसर आरती राज्यलक्ष्मी राणाले आयात वृद्धि नहुनु र रेमिट्यान्स बढ्नु अर्थतन्त्रका लागि सकारात्मक भएको बताउनुभयो । जलविद्युत् क्षेत्रमा नेपाललको प्रगति राम्रो भएको भन्दै उहाँले नेपालले भारतमा चालु वर्षमा मात्र रु पाँच अर्ब ४३ करोडभन्दा बढीको बिजुली बेचेको प्रसङ्ग निकाल्नुभयो ।

नेपालले गत वर्ष करिब रु ११ अर्ब १६ करोडको बिजुली भारतलाई बेचेको थियो । भारतसँग नेपालको बिजुली व्यापारको घाटा रु आठ अर्ब हाराहारी रहेको छ । सन् २०२६ सम्म नेपाल विद्युत्मा आत्मनिर्भर हुने लक्ष्य छ ।

नेपालका लागि स्वीटजरल्याण्ड दूतावासकी कार्यक्रम व्यवस्थापक दोरोथी लोड्सचेरले नेपालको आर्थिक विकासका लागि प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । नेपालले आफ्नो बजारलाई आवश्यक जनशक्ति उत्पादन गर्न सक्नुपर्ने उहाँले बताउनुभयो । शिक्षित युवाहरूलाई स्वदेशमै राख्न सक्ने वातावरण बनाउन पनि उहाँले सुझाव दिनुभयो ।

अर्थशास्त्री तथा अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा पोषराज पाण्डेले बजेटमार्फत सरकारले उत्पादनलाई बढुवा दिनुका साथै डिजिटल अर्थतन्त्रलाई सहजीकरण गरेको बताउनुभयो । भूपरिवेष्टित मुलुक भएका कारण सामान आयात र निर्यात महँगो पर्ने गरेको उहाँको भनाइ छ । नेपाल स्तरोन्नतिको चरणमा रहेको बेला दातृ निकायबाट बढी सहयोगको अपेक्षा गर्नेसमेत उहाँले बताउनुभयो ।

काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा भोला थापाले नेपालले हरित ऊर्जामा ध्यान दिनुपर्ने बताउनुभयो । काठमाडौँ विश्वविद्यालयले सरकार र विकास साझेदारहरूसँगको सहकार्यमा हाइड्रोजनको अध्ययन गरिरहेको जानकारी दिनुहुँदै उहाँले ग्रिन हाइड्रोजन उत्पादन गरेर निर्यात गर्न सकिनेसमेत बताउनुभयो । रासस

Chitwan Aaja चितवन आज
बिहिबार, असोज १८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
चार घण्टापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुचारु
विश्व रेडियोग्राफी दिवसको अवसरमा र्‍याली तथा जनचेतना कार्यक्रम
खेलकुद महोत्सवमा : पाँच दिनमा डेढ लाख दर्शकले गरे अवलोकन, आज एकैदिन ५० हजार

ताजा समाचार

सबै

चार घण्टापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुचारु

विश्व रेडियोग्राफी दिवसको अवसरमा र्‍याली तथा जनचेतना कार्यक्रम

खेलकुद महोत्सवमा : पाँच दिनमा डेढ लाख दर्शकले गरे अवलोकन, आज एकैदिन ५० हजार

अब गर्नुपर्छ, नत्र भोलि गएर फेरि यस्तै आन्दोलन हुन्छ : मुख्यसचिव अर्याल

एमाले सभ्य, शिष्ट र सुसंस्कृत होस् : सचिव भट्टराई

बागलुङमा पिकअप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

सर्पको डसाइबाट महिलाको मृत्यु

तोसिमालाई विस्तारित बैठकमा बोल्न नदिएको भन्दै निशा डाँगीको आपत्ति

खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

टुहुरो ‘मेघौली’ गाडीको ठक्करबाट घाइते, एक जना पक्राउ

नेपालको जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्कालीन कार्यको आह्वान

मतदाता नामावली संकलन उत्साहजनक : आयोग

आलमको निधनमा रास्वपा नेतृको टिप्पणी: मृत्यु उत्सव नबनोस्, नेता सुध्रिउन्

कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

जाडोमा छालाको सुक्खापन र फुट्ने समस्याबाट कसरी बच्ने ?

लमजुङमा जिप दुर्घटना, २ जनाको मृत्यु

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज मंगलबार कुन राशिका लागि शुभ : हेर्नुहोस् राशिफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

  • ३.
    सोमबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहाेस् राशिफल

  • ४.
    आइतबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ५.
    उवासंघ चितवनको अध्यक्षमा शिरीष पन्तले उमेदवारी दिने

  • ६.
    हेर्नुस तपाइँको आजको राशीफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech