१८ असोज, काठमाडौं
नेपाल नर्सिङ परिषद्ले परिषद्को नाम दर्ता प्रमाणपत्र (नर्सिङ लाइसेन्स) परीक्षा आगामी ९ मंसिरमा सञ्चालन गर्ने भएको छ ।
परीक्षार्थीले नर्सिङ लाइसेन्स परीक्षाको लागि नियमित दस्तुरमा २१ असोजदेखि २० कात्तिकसम्म फारम भर्नुपर्ने छ । दोब्बर दस्तुरमा २१ कात्तिकदेखि २३ कात्तिकसम्म फारम भर्न पाइने परिषद्ले जनाएको छ।
परिषद्का अनुसार परीक्षामा सामेल हुने परीक्षार्थीहरु न्यूनतम प्रवीणता प्रमाणपत्र तह नर्सिङ वा बीएस्सी नर्सिङ उत्तीर्ण भएको हुनुपर्नेछ ।
त्यस्तै, परीक्षासम्बन्धी विस्तृत जानकारी परिषद्को वेबसाइटमा राखिएको बताइएको छ ।