भरतपुर, १७ असोज
अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान अन्तर्गत वाल्मीकि शिक्षा सदनमा अनेरास्ववियुको कमिटी गठन भएको छ ।
भरतपुर महानगरपालिका ४ स्थित वाल्मीकि शिक्षा सदनमा विद्यार्थीहरूको भेलाबाट पुजन ढकालको नेतृत्वमा ३३ सदस्यीय कमिटी गठन भएको जिल्ला सहसचिव प्रदिप पराजुलीले जानकारी दिए ।
संगठनका जिल्ला अध्यक्ष हरि आचार्यको प्रमुख उपस्थितिमा गठन भएको कमिटीको उपाध्यक्षमा पवन थापा, सचिव सुदिन पौडेल, सहसचिवहरू रक्षा श्रेष्ठ, सहन पौडेल, प्रसिद्ध अधिकारी रहेका छन ।
त्यस्तै कमिटीको कोषाध्यक्षमा सारथी तामाङ, महिला विभाग प्रमुख मुस्कान लोहनी र अखिल फोर्स संयोजक शिरिश नेपाल निर्वाचित भएका छन ।
कार्यक्रममा जिल्ला सहसचिव प्रदिप पराजुली, जिल्ला सदस्यहरू महेश सापकोटा, कुशल ढकाल, गोकुल पाण्डे, महानगर कमिटी सदस्य रोशन चौहान, हरि कुमार स्मारक कलेज अध्यक्ष प्रसान्त सुवेदी, सप्तगण्डकी क्याम्पस कमिटी सचिव प्रकाश सिलवाल, सदस्य दिपेन्द्र पौडेल, अनेरास्ववियुका नेता पुष्पराज तिमिल्सिना, राष्ट्रिय युवा संघ भरतपुर महानगर कमिटी सहसचिव एवम् ब्लड अभियान्ता दिपक काश्यप लगायतको उपस्थिति रहेको थियो ।