चितवन, असोज १६
चितवन लगायत देशका बिभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । मंगलवार दिउँसो ३ तिर भूकम्पको धक्का महसुस भएको हो ।
उपत्यकामा पनि करीब ३/४ सेकेन्डसम्म धक्का महसुस भएको थियो । आजै २:४० मा सुदूरपश्चिमको पहाडी भूगोल केन्द्रबिन्दु बनाएर ४.९ म्याग्निच्युडको धक्का महसुस भएको थियो ।
हालसम्म भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन ।







