चितवन, असोज १५ –
भरतपुर १० मा रहेको नारायणी नमुना माविमा अनेरास्ववियुको नयाँ कमिटी गठन गरिएको छ ।
आज भएको भेलाले संगित बाबु सुनामको नेतृत्वमा ६१ सदस्यीय कमिटी सर्वसम्मतबाट चयन गरेको हो ।
कमिटीको उपाध्यक्षहरुमा विवेक तामाङ, अनुजा क्षेत्री, सचिवमा राहुल शाह, सहसचिवहरुमा सुनिता कुँवर, इसब गुरुङ, प्रिच पाण्डे, क्रिशा क्षेत्री, महिला विभाग प्रमुखमा एलिसा सुवेदी र अखिल फोर्समा उसन गुरुङ चयन भएका छन् ।
नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनयिन (अनेरास्ववियु) चितवनले प्लस टु कमिटी गठन गर्नका लागि अभियान नै चलाएर विभिन्न विद्यालयमा पुगि कमिटी गठन गरिरहेको छ । त्यसैको स्वरुप आज नारायणी माविमा कमिटी गठन गरिएको हो ।
अनेरास्ववियु नारायणी मावि कमिटीकी अध्यक्ष अस्मिता आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा अनेरास्ववियु चितवनका अध्यक्ष हरि आचार्यको उपस्थिति रहेको थियो ।
अनेरास्ववियु नारायणी माविका पूर्व अध्यक्ष एवम् अनेरास्ववियु जिल्ला कमिटी सदस्य कुशल ढकालले सञ्चालन गरेको कार्यक्रममा विद्यार्थी नेताहरु निश्चल चडरा, महेश सापकोटा, प्रकाश सिलवाल, प्रशान्त सुवेदी, सन्दिप अधिकारी, विनय आचार्य, हरी पौडेल, हिरालाल आचार्य, पुष्प राज तिमिल्सिना, अस्मिता रेग्मी, अर्बिन ढुंगाना, समीर अधिकारी, गोकुल पाण्डे, जीवन वाइवा, रोशन चौहान, आशिष सापकोटा एवम् राष्ट्रिय युवा संघ नेपाल भरतपुर महानगर कमिटी सहसचिव दीपक घिमिरे र राष्ट्रिय युवा संघ नेपाल भरतपुर महानगर कमिटी सचिवालय सदस्य आयुष अर्याल लगायतको उपस्थिति रहेको थियो ।
नयाँ बनेको कमिटीलाई प्रमुख अतिथि हरि आचार्यले पद तथा गोपनियाताको शपथ खुवाएका थिए ।