भरतपुर, असोज ११
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनयिन (अनेरास्ववियु) चितवनले पदम कार्कीको नेतृत्वमा आज भरतपुर महानगरपालिका १ स्थित भानु मा.वि. मा (+२) कमिटी गठन गरेको छ।
पदम कार्कीको नेतृत्वमा गठन गरिएको ३१ सदस्यीय कमिटीको उपाध्यक्षमा अनिश अर्याल र मिलन गुरूङ, सचिवमा सुरेस सुनार, सहसचिवमा मनिसा मगर, माधव ढकाल र सन्दिप तिमिल्सिना रहेका छन् । त्यस्तै कोषाध्यक्षमा प्रतिभा थापामगर तथा महिला विभाग प्रमुखमा अनामिका श्रेष्ठ रहेका छन् ।
अनेरास्ववियु चितवनको संगठन विस्तार एवम् सुदृढीकरण अभियानलाई तिब्रता दिंदै आइरहेको छ। देशको सबैभन्दा ठुलो विद्यार्थी संगठन अनेरास्ववियुले विद्यार्थीहरूको हकहित र अधिकारको पक्षमा आवाज बुलन्द बनाउदै आएको हो।
अनेरास्ववियु जिल्ला उपाध्यक्ष सरोज तिमिल्सिनाको प्रमुख उपस्थिति रहेको कार्यक्रममा जिल्ला सचिव अमित आचार्य, जिल्ला सहसचिव प्रदिप पराजुली र विज्ञान बाबु अधिकारी लगायत जिल्ला, महानगर र क्याम्पस कमिटीको नेतृत्व गरेका विद्यार्थी नेताहरूको उपस्थिति रहेको थियो ।