असोज ११,चितवन
अष्ट्रेलिया र क्यानडा उच्च शिक्षा अध्ययन गर्न जान चाहने बिद्यार्थीं हरुका लागी शहीद चोक नारायन गढ स्थित मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेसले यही असोज १२ गते शुक्रबार आयोजना गर्न लागेको अष्ट्रेलिया क्यानडा इन्फो डे कार्यक्रम को सम्पूर्ण तयारी पुरा गरेको छ ।
पछिल्लो समयमा उच्च शिक्षा अध्ययन का लागी अष्ट्रेलिया तथा क्यानडा जान चाहने बिद्यार्थीं हरुको संख्या ह्वात्तै बढेको छ । प्लस टु दिएर बसेका,ब्याचलर्स पूरा गरेका बिद्यार्थीं हरु लाई सहजिकरणा गर्नाका लागी यस किसिमको कार्यक्रमको आयोजना गर्न लागिएको हो ।
मेट्स इन्टरनेशनलको कार्यालयमा हुने सो कार्यक्रममा अष्ट्रेलिया तथा क्यानडाका यूनिभर्सिटी र कलेजका प्रतिनिधिहरु को उपस्थिती रहनेछ ।कुन देश को कुन शहर, अनि कुन यूनिभर्सिटी को कुन कार्यक्रम्, छात्रवृत्तिको सुबिधा, शुल्क बारे बिभिन्न जानकारी अभिभावक अनि बिद्यार्थींहरुले प्राप्त गर्न सक्ने छन ।
साथै सो दिन उपस्थित हुने बिद्यार्थी हरुका लागि मेट्सले बिशेष गिफ्ट ह्याम्पर सहित पिटिई, आईइएलटिएस तयारी कक्षा तथा प्रोसेसिङ्गमा शतप्रतिशत छुट सहित केही भाग्यशाली बिद्यार्थीहरुले गायक सबिन राईको कन्सर्टको टिकट समेत प्राप्त गर्न सक्नेछन्।
बिहान ११ बजे देखी ४ बजे सम्म सन्चालन हुने सो कार्यक्रमको सम्पूर्ण तयारी पुरा भैसकेको मेट्स इण्टरनेशनल नारायणगढ शाखाका प्रमुख प्रकाश पौडेलले जानकारी गराउनु भयो ।