चितवन, ११ असोज
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव सी)का छोरा प्रकाश चन्दले प्रगतिशील विवाह गरेका छन् ।
चन्दले बुधबार कपिलवस्तुस्थित शिवगढीमा रहेको कार्यालयमा चितवनकी डा. मान्यता थापासँग विवाह गरेका हुन्।
डा. मान्यता अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य समेत हुन्। प्रकाश र मान्यता चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरूको नेतृत्व गर्दै चितवन मेडिकल कलेजमा भएको आन्दोलनबाट चर्चामा आएका थिए ।
खादामाला र टीका लगाएर गरिएको प्रगतिशील विवाहमा नवविवाहित जोडीलाई विप्लवले हात मिलाएर बधाई तथा शुभकामना दिएका थिए ।
विवाह समारोहमा नेकपाका शीर्ष नेताहरू, शुभचिन्तक तथा समर्थकहरू उपस्थिति रहेको थियो।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार