काठमाडौं, १० असोज
नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा एक हजार ४०० रुपैयाँले घटेको हो ।
छापावाल सुन तोलामा एक लाख ९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तोलामा एक लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुन तोलामा एक लाख ९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी तोलामा एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार