चितवन, ११ असोज
देवघाट स्थित नारायणी नदिमा डुबेर दुई जना युवक बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा भारतको आसाम घर भएका १९ बर्षीय भोजराज अधिकारी र धनगढी उपमहानगरपालिका ३ मिलन चोक बस्ने १७ बर्षीय पंकज दाहाल रहेका छन्।
प्रहरीका अनुसार धनगढीबाट संयुत्तभ्रमण आएका उनीहरु बिहान ७ बजेको समयमा नुहाउने क्रममा बेपत्ता भएका हुन्।
बेपत्ता भएको जानकारी पाएपछि विपद टोलि सहित प्रहरीले खोजिकार्य गरिरहेको छ।







