८ असोज, चितवन।
चितवन राष्ट्रिय निकुञ्जले दुईवटा पोथी गैंडा पुष्पा र अञ्जलीलाई मंगलबार कोशी टप्पु वन्यजन्तु आरक्ष पठाउने भएको छ ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मंगलबार दिउँसो २ बजेतिर अलग अलग खोरमा राखेर पुष्पा र अञ्जलीलाई कोशीका लागि पठाइनेछ ।







