पोखरा । कास्कीको पोखरास्थित मणिपाल अस्पतालमा बिरामीको मृत्यु भएको भन्दै डाक्टरमाथि हातपात भएको छ ।
असहज महसुस भएको भन्दै लमजुङकी ५७ वर्षीया सुकमाया दुरालाई उपचारका लागि अस्पताल ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको छ ।
दिनभरि डुलाइएको तर के भएको जानकारी नदिइको भन्दै विरामीका आफन्तले डाक्टरमाथि हातपात समेत गरेका छन् । उनीहरुले अस्पतालका केही सीसा फुटाएका छन् ।
हातपातमा संलग्न गरेको आरोपमा विनय गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । सीसीटीभीको आधारमा गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।






