काठमाडौं, असोज ७
राहत, पेन्सन बञ्चित शिक्षक, माध्यामिक शिक्षक युनियनमा आवद्धलगायत शिक्षकहरूले भने आन्दोलन जारी राखेका छन्।
नेपाल शिक्षक महासंघको आह्वानमा भएको आन्दोलन सहमतिमा टुंगिएर शिक्षकहरू विद्यालय फर्किएका छन्। देशभरका विद्यालयमा आज नियमित पठन-पाठन भइरहेको छ।
राहतलगायत शिक्षकहरूले भने आफ्ना मागहरू अझै पूरा नभएको भन्दै आन्दोलन जारी राखेका छन्। शुक्रबार सरकारसँग महासंघले गरेको सहमतिमा असन्तुष्टि जनाइरहेका उनीहरूले आइतबार पनि माइतीघरमा प्रदर्शन गरेका छन्।