भरतपुर, ०७ असोज
अञ्जली झँवर पोखरा विश्वविद्यालय टपर बनेकी छिन् ।
बोस्टन इन्टरनेसनल कलेज भरतपुरकी छात्रा समेत रहेकी अन्जली बिबिएको प्रत्येक सेमेस्टरमा ४ जिपिए ल्याएर पोखरा विश्वविद्यालयको स्वर्ण पदक विजेता बनेकी हुन् ।
कलेजका अनुसार अन्जली नाँच्न, गाउन र कलेजका हरेक अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट रहँदै आएकी थिइन् । एमबिएपछि इभेन्ट म्यानेजरको रूपमा काम गर्ने इच्छा भएको अञ्जलीले बताएकी छिन् ।
यसअघि यसै कलेजकी पुष्प चौधरीले समेत व्यवस्थापन संकायतर्फ स्वर्ण पदक जितेकी थिइन् ।







