चितवन, ५ असोज
गोन्द्राङमा बस र बोलेरो एक आपसमा ठोक्किदा तिन जना घाइते भएका छन्।
टिकौली जंगल स्थित पुर्ब पश्चिम राजमार्गमा टाँडीबाट भरतपुरतर्फ आउदै गरेको बा ३ च ७५६३ नं.बोलेरो र बिपरित दिशाबाट जादै गरेको बा ३ ख २२८३ नं बस एक आपसमा ठोक्किएका हुन्। घाइते हुनेमा ३५ बर्षिय टेक नारायण श्रेष्ठ (बोलेरो चालक), ३० बर्षिय कृष्ण बहादुर बस्नेत (बस चालक) र २५ बर्षिय गंगा हमाल रहेका छन्।
उनीहरुको भरतपुर स्थित सरकारि अस्पतालमा उपाचार भईरहेको प्रहरीले जनाएको छ।