चितवन, ५ असोज
चितवन अटो मोबाइल एशोसियसन को आसन्न निर्वाचनमा कुल बहादुर क्षेत्री (राजु)ले उम्मेद्वारी दिएका छन् ।
यही असोज ६ गते नारायणगढ स्थित पर्व व्यांक्वेटमा हुन गईरहेको एशोसियनको २२ औं बार्षिक साधारण सभा तथा १२ औं अधिवेशनका लागि अध्यक्ष पदका लागि क्षेत्रीले उम्मेद्वारी दिएका हुन् ।
उम्मेद्वारी दिएसंँगै आफू निर्वाचित भएमा उनले यस क्षेत्रलाई व्यवसायिक मर्यादित बनाउने प्रतिबद्धता व्यक्त गरे । अटोमोबाइल क्षेत्रमा आफ्नो बिगत १७ बर्ष देखि योगदान दिदै आएको बताउंँदै उनले यस क्षेत्रलाई जिल्लाकै नमुना व्यवसायिक क्षेत्र बनाउने अठोट गरेका छन् । आफूले निर्वाचित भएपछि यस क्षेत्रमा भएका समस्या , विकृतिको समाधान गर्दै लैजाने र आफ्नो लगाव संस्थाप्रति सधै रहने उनले बचनवद्धता व्यक्त गरे ।
उनी बिबेक अटो पार्ट्सका संचालक समेत हुन् ।