काठमाडौँ, ४ असोज
शिक्षकसँग वार्ता गर्ने जिम्मा गृहमन्त्रीले पाएका छन् ।
उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काका अनुसार आन्दोलनरत शिक्षकहरूले शिक्षमन्त्रीसँग वार्ता नगर्ने अडान राखेपछि उक्त जिम्मा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई दिइएको हो ।
खड्काले कांग्रेस केन्द्रीय समिति बैठकमा शिक्षकहरूले आवश्यकताभन्दा धेरै सर्त राखिरहेको बताएका थिए।
खड्काले भने, “हामीले संविधान दिवसको दिन विज्ञप्ति जारी गरेर महासंघका नेताहरूलाई शिक्षा सचिवले ह्वाट्सएपमा पठाउनुभएको थियो । तर, उहाँहरू वार्ताका लागि तयार हुनु भएन ।” उनले अबको वार्ता श्रेष्ठकै नेतृत्वमा हुने जानकारी दिए ।