चितवन असोज ३
संविधान दिवसको अवसरमा चितवनमा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको प्रत्यक्ष उपस्थितिमा बिहान प्रभात फेरि भयो ।
प्रभात फेरि जिल्ला समन्वय समितिको हलमा गएर संविधान दिवस २०८० औपचारिक रूपमा संचालन सहित सम्पन्न भयो ।
त्यस लगत्तै प्रजिअ खड्का भरतपुर हस्पिटलका विरामीहरूलाई फलफुल वितरण कार्यक्रममा सहभागी भए । उक्त कार्यक्रम सकिएपछि अन्तमा प्रजिअ बाट राष्ट्रिय झण्डाउत्तलन गरियो ।
सबै कार्यक्रम सकिएपछि झण्डाउत्तलन गरिएपछि अनेरास्ववियु चितवनका अध्यक्ष हरि आचार्यले उक्त कार्यक्रममा नै प्रश्न गरे-“झण्डाको काम सुरूमा गर्नुपर्नेमा औपचारिक कार्यक्रम सकिएपछि किन अन्तमा राखियो? यो गलत भयो।”
प्रजिअ सगै सहभागी केहि कर्मचारीले यो विषयलाई ठुलो नबनाउन भन्दै पत्रकारहरूले समाचार बनाउदा र फोटो हाल्दा मिलाउन अनुरोध गरे ।
सहभागी केहिले प्रजिअ सहभागी कार्यक्रममा कार्यक्रम तालिका गलत भएको बताए । सबै कार्यक्रममा सहभागी भई नजिकबाट नियालिरहेका कुशल ढकालले प्रजिअ बाट गल्ती भएको बताउदै यो राष्ट्रियता माथिको प्रहार भएको बताए ।