Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, चैत १५, २०८२
☰
Logo आइतबार, चैत १५, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

लोकप्रिय समाचार

  • १. चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ३. आज बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ४. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ५. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६. चितवनमा सानिमा रिलायन्स लाईफको रक्तदान कार्यक्रम सम्पन्न

  • ७. मध्यपूर्व तनावको प्रत्यक्ष प्रभाव चितवनको सौराहा लगायतका पर्यटन क्षेत्रमा

  • ८. पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

  • ९. बागमती प्रदेश सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व सङ्कलन

  • १०. पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?

शिक्षा विधेयकप्रति १८ बुँदे असहमति बुधबारदेखि आन्दोलन संघीय शिक्षा ऐन नबनाइँदा सरकारको इमानदारितामै प्रश्न

काठमाडौं असोज १,
सरकारले विद्यालय शिक्षा ऐनको मस्यौदा संसद्‌मा दर्ता गराएको छ । संविधान जारी भएको आठ वर्षसम्म संघीय शिक्षा ऐन नबनाइँदा संघीयताप्रति सरकारको इमानदारितामै प्रश्न उठाइएको थियो । ढिलो गरी संसद्‌मा दर्ता गराइएको विधेयकको पनि सरोकारवालाले विरोध गरिरहेका छन् ।

सामुदायिक विद्यालयका स्थायी, अस्थायी/करार, अनुदान, उच्चमावि, विशेष शिक्षा, प्राविधिकका मात्र नभएर संस्थागत विद्यालयका शिक्षक समेत सो विधेयकका कारण आक्रोशित छन् । शिक्षकलाई कर्मचारीभन्दा तल्लोस्तरमा राखिएको भन्दै उनीहरू असन्तुष्ट छन् । शिक्षक बन्न नै निरुत्साहित गर्ने प्रावधान विधेयकमा राखिएको सरोकारवालाको भनाइ छ ।

सरकारले ल्याएको विधेयकप्रति शिक्षकहरू असन्तुष्ट मात्र छैनन्, उनीहरूले संगठित आन्दोलनको तयारी पनि गरेका छन् । विधेयक दर्ता गरिएको भोलिपल्ट अर्थात् गएको भदौ २८ गतेदेखि जिल्ला–जिल्लामा शिक्षकहरूले अन्तरक्रिया गरेका थिए । त्यसपछि शिक्षकका सबै संघ–संगठन नेपाल शिक्षक महासंघको छातामा संयुक्त रूपमा आन्दोलन गर्ने निष्कर्षमा पुगेका हुन् ।

देशभरका शिक्षक असोज २ गतेभित्र काठमाडौं आउन लागेका छन् । असोज ३ गते संविधान दिवसका दिनदेखि उपत्यकाव्यापी आन्दोलनको तयारी उनीहरूले थालेका छन् । शिक्षक मात्र नभएर विद्यालयका कर्मचारीले पनि विधेयकप्रति असन्तुष्टि जनाएका छन् ।

असोज ३ देखि हुने आन्दोलनमा सहभागी हुन विद्यालय बन्द गरेर काठमाडौं आउन शिक्षक महासंघले शिक्षक र कर्मचारीलाई सार्वजनिक आह्वान नै गरिसकेको छ । महासंघले विद्यालय बन्द हुँदाको असरको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी दिएको छ ।

महासंघले विधेयकप्रति असहमति जनाउँदै १८ बुँदे माग प्रस्तुत गरेको छ । माग सम्बोधनका लागि सहयोग गर्न विद्यार्थी, अभिभावक र सरोकारवालालाई आह्वान गरेको छ ।

सो विधेयकमा राहत, अस्थायी÷करार, साविक उच्च मावि, अनुदान, विशेष शिक्षा, प्राविधिक धारलगायत शिक्षकलाई एकपटकका लागि उमेरहद नलाग्ने प्रावधान राखिएको छ । प्रतिस्पर्धामा नाम ननिस्किएमा राहत प्याकेजसहितको ‘गोल्डेन ह्यान्डसेक’को प्रस्ताव गरिएको छ ।

महासंघसहित शिक्षक संघ–संगठनले भने ०७६ र ०७८ सालमा सरकारले शिक्षकहरूसँग गरेको सहमतिबमोजिम एकपटकका लागि ०७५ प्रतिशतलाई आन्तरिक प्रतिस्पर्धाका आधारमा स्थायी गराउन माग गरेका छन् । महासंघले जारी गरेको विज्ञप्तिमा शतप्रतिशत नै अर्थ लाग्ने गरी आन्तरिक प्रतिस्पर्धाको माग गरिएको छ ।

शिक्षकहरूले दोस्रो बुँदामा विद्यालय कर्मचारीको सवाल उठाएका छन् । विद्यालय कर्मचारी संघर्ष समितिसँग विगतमा गरिएका सहमतिबमोजिम संघीय सेवामा दरबन्दी सिर्जना गरी कर्मचारीलाई स्थायित्वको ग्यारेन्टी गर्नुपर्ने तथा स्थानीय तह मातहत पठाउन नपाइने माग राखेका छन् । महासंघले बालकक्षाका शिक्षकलाई विद्यालय शिक्षाभन्दा बाहिर राखिएको भन्दै विधेयकले राज्यलाई उल्टो बाटो हिँडाएको जिकिर गरेको छ ।

“विद्यालय शिक्षाका आधार रहेको प्रारम्भिक बालशिक्षालाई संरचनाबाहिर राख्नु शिक्षाको जग भत्काउनुजस्तै हो,” महासंघको तेस्रो मागमा उल्लेख छ छ, “त्यसैले यी शिक्षकका लागि प्रारम्भिक तृतीयसरहको दरबन्दी सिर्जना गरी स्थायित्वको प्रक्रियामा लैजानुपर्छ । तर, यो विधेयकमा राज्य उल्टो बाटो हिँड्न खोजेको छ ।”

शिक्षकको सेवा अवधि गणना र निवृत्तिभरणको सवालमा पनि स्थापित अभ्यासलाई नकारिएको महासंघको ठहर छ । विश्वविद्यालयमा सेवा अवधि गणना गर्दा अस्थायीसहित पूरा समय समेटिने गरिन्थ्यो । अहिले सेवा अवधिका आधारमा विभेद र सरकारले भूतप्रभावी कानुन बनाउन खोजेको महासंघको बुझाइ छ ।

सरकारले ०७५ सालयता भर्ना भएका शिक्षकलाई निवृत्तिभरणबापत उपदान दिने प्रस्ताव गरेको छ । विभेद गर्न नहुने भन्दै महासंघले विधेयक ल्याइनुअघि स्थायी भएका सबै शिक्षकलाई पेन्सन सुविधा दिनुपर्ने माग गरेको छ ।

महासंघले आवधिक शिक्षक बढुवाको व्यवस्था पनि माग गरेको छ । ०६० र ०६३ मा भर्ना भएका शिक्षकको अहिलेसम्म एक तह बढुवा नगरिएको भन्दै महासंघले त्यस्तो प्रावधानको माग गरेको हो ।

सरकारले भने शिक्षकलाई प्रारम्भिक र माध्यमिक दुवैतर्फ तीन श्रेणी कायम राखेको छ । तृतीय श्रेणीमा सेवा प्रवेश गर्दा शतप्रतिशत खुला प्रतिस्पर्धाको व्यवस्था गरिएको छ । प्रारम्भिकतर्फ द्वितीय र तृतीय तहमा आन्तरिक प्रतिस्पर्धा र ज्येष्ठता तथा कार्यसम्पादन मूल्यांकनका आधारमा २०–२० र ६० प्रतिशत कार्यक्षमताको मूल्यांकनबाट हुने प्रावधान प्रस्ताव गरिएको छ ।

माध्यमिक तहमा द्वितीयमा ३० प्रतिशत खुला, आन्तरिक प्रतिस्पर्धा र ज्येष्ठता र कार्यसम्पादनका आधारमा २०–२० र ३० प्रतिशत कार्यक्षमता मूल्यांकनका आधारमा हुने प्रावधान राखिएको छ । तृतीय तहमा भने २० प्रतिशत आन्तरिक प्रतिस्पर्धा, ३० प्रतिशत ज्येष्ठता र कार्यसम्पादन मूल्यांकन र ५० प्रतिशत कार्यक्षमता मूल्यांकनबाट बढुवा हुने प्रावधान राखिएको छ ।

विधेयकमा विशिष्ठ तहमा बढुवाका लागि प्रथम श्रेणीमा १५ वर्ष सेवा गरेको हुनुपर्ने प्रावधान छ । शिक्षकहरूले भने अरू सेवामा जस्तै पाँच वर्ष प्रथम श्रेणीमा काम गरेपछि विशिष्ठका लागि योग्य हुने प्रावधान निरन्तरताको माग गरेका छन् ।

विधेयकमा समान तहको उपसचिवको भन्दा अन्तिम ग्रेड संख्या कम गरिएको भन्दै ‘समान तहमा निजामतीभन्दा कम हुने छैन’ भन्ने व्यवस्था गर्न शिक्षकको माग छ ।

विधेयकमा रहेको प्रधानाध्यापक नियुक्तिको प्रावधानप्रति पनि शिक्षकहरूको विमति छ । स्रोतका अनुसार यसअघि विधेयकमा वडाध्यक्ष नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुने र उसले प्रधानाध्यापक नियुक्त गर्ने प्रावधान राखिएको थियो । तर, विरोधपछि अहिले जिल्ला शिक्षा अधिकारी, सम्बन्धित पालिकाको प्रशासकीय अधिकृत वा शिक्षा शाखा प्रमुख र जिल्ला शिक्षा कार्यालयले तोकेको शिक्षाविद्ले प्रधानाध्यापक नियुक्त गर्ने प्रावधान राखिएको छ । शिक्षकहरूले भने शिक्षा सेवा आयोगबाट परीक्षा लिएर प्रधानाध्यापक छान्ने प्रावधान राख्न माग गरेका छन् ।

विधेयकमा शिक्षक काउन्सिलको व्यवस्था नराखिएकामा समेत शिक्षकहरूको आपत्ति छ । उनीहरूले रजिस्ट्रेसन, तालिम र पेसागत विकासका काम गर्नका लागि शिक्षक काउन्सिलको व्यवस्था गर्न माग गरेका छन् ।

विधेयकमा सरुवा र कारबाहीको सबै अधिकार पालिकालाई दिइएको भन्दै यसअघि ‘दलका झोले’ भनेर बदनाम गरिएका शिक्षकलाई अब स्थानीय जनप्रतिनिधिका ‘झोले’ बनाउने प्रयास गरिएको उनीहरूको ठम्याइ छ ।

“स्थानीय तहमा आउने जनप्रतिनिधिहरू मूलतः दलीय आधारमा नै आउने हुन् । शिक्षक सरुवादेखि कारबाहीसम्मका अधिकार दिँदा उनीहरूले राजनीतिक आग्रहकै आधारमा गर्ने हुन्,” नेपाल शिक्षक संघ वाग्मती प्रदेशका अध्यक्ष दीपक सिंखडाले बाह्रखरीसँग भने, “एउटा पार्टीको जनप्रतिनिधि आउँछ, अर्को पार्टीप्रति आस्था राख्ने शिक्षकको सरुवा गर्छ, पाएसम्म कारबाही गर्छ । फेरि अर्को पार्टीको जनप्रतिनिधि आउँछ र त्यसै गर्छ । यो प्रावधानले विगतमा राजनीतिक दलका झोले भनेर बदनाम गरिएका शिक्षकहरू अब वैधानिक रूपमै स्थानीय तहका झोले बनाउने प्रयास भएको देखिन्छ ।”

यसै पनि शिक्षक बन्ने मान्छे नहुने अवस्था आउन लागेको भन्दै उनले विधेयकमा गरिएको प्रस्तावले भएकाहरूको प्राथमिकतामा पनि शिक्षा सेवा नपर्ने जिकिर गरे ।

“एउटा नासु बन्नका लागि एसईई पास भए पुग्छ । तर, त्यहीस्तरको ३२ हजार तलब खानका लागि शिक्षकले स्नातक पास हुनुपर्ने प्रावधान विधेयकमा राखिएको छ,” सिंखडाले भने, “यसै प्लस टुपछि स्वदेश नबस्ने समस्या छ, बस्नेहरू पनि नासुसरहको तलबका लागि स्नातक पास भएर शिक्षक हुन कुर्दैनन् । झन् स्नातकोत्तर पास गरेर लाइसेन्स लिएर झन्डै २८ वर्ष कुरेर मावि शिक्षकमा परीक्षा दिनेहरू पनि नहुन सक्छन् ।”

अहिलेको विधेयक पारित भए शिक्षा क्षेत्र तहसनहस हुने उनको भनाइ छ ।

शिक्षक महासंघले द्वन्द्वको समय र पञ्चायतकालमा जागिर गुमाएका शिक्षकलाई पनि भरनपोषणको माग गरेको छ । अरू सबै क्षेत्रले द्वन्द्वपीडितको सुविधा पाएको भन्दै शिक्षकलाई मारमा पारिएको महासंघको ठहर छ ।

“द्वन्द्वका कारण विस्थापित भएका वा पेसाबाट निस्कन बाध्य भएका अन्य सबै पीडित पक्षले न्याय पाउँदा सबै द्वन्द्वपीडित शिक्षकले अझै न्याय पाएका छैनन्,” महासंघका मागको ११औँ बुँदामा भनिएको छ ।

त्यसरी जागिर गुमाएका र विस्थापित भएकाहरूलाई सो समय सेवा अवधिमा जोडी निवृत्तिभरणको सुविधा दिन महासंघले माग गरेको छ । पञ्चायतपीडित शिक्षकलाई पनि संरक्षण गर्ने गरी ऐन ल्याउन माग गरिएको छ । महासंघले शिक्षकहरूलाई दुर्गम भत्ता निजामतीसरह नै गर्नुपर्नेमा जोड दिएको छ ।

अभिभावक बाहुल्य हुने विद्यालय व्यवस्थापन समिति बनाउन, सामुदायिकका शिक्षकको दरबन्दी स्थानीय तहमा हस्तान्तरण नगर्न, संस्थागततर्फका शिक्षकको तलब तथा सेवा सुविधा सामुदायिकका सरह तोक्न र संविधानप्रदत्त ट्रेड युनियन अधिकार सुनिश्चित हुने व्यवस्था ऐनमै राख्न महासंघले माग गरेको छ । शिक्षकहरूले यसअघि दिइँदै आएको औषधोपचार सेवाबापतको सुविधा पनि कटौती नगर्न माग गरेका छन् ।

बहुविवाह, यौनहिंसा गर्न नहुनेजस्ता कानुनमै प्रतिबन्धित प्रावधान राख्नुले विधेयक कस्ता मानिसले मस्यौदा गरेको हुन् भन्ने देखिएको भन्दै शिक्षकले व्यंग्य समेत गरेका छन् । शिक्षकहरूले विद्यालय समयबाहेकको अवधिमा पनि व्यवसाय गर्न नहुने, सरसापट गर्न नपाउनेजस्ता प्रावधान राखिएकामा विरोध जनाइएको छ । विज्ञप्तिमा भने यी विषय समेटिएको छैन ।

Chitwan Aaja चितवन आज
सोमबार, असोज ०१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
महिलाका लागि सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सञ्चालन गरिने
ओली र लेखकसँगै सिंहदरबार र सर्वोच्च जलाउनेलाई पनि कारबाही होस्ः हर्क साम्पाङ
प्रजातन्त्रको रक्षाका लागि गाउँसम्म विचार पुर्‍याउनुपर्ने

ताजा समाचार

सबै

महिलाका लागि सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सञ्चालन गरिने

ओली र लेखकसँगै सिंहदरबार र सर्वोच्च जलाउनेलाई पनि कारबाही होस्ः हर्क साम्पाङ

प्रजातन्त्रको रक्षाका लागि गाउँसम्म विचार पुर्‍याउनुपर्ने

लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

भारत सरकारद्वारा थप १९ थान वान टन सवारी हस्तान्तरण

कानुन कार्यान्वयनमा लाग्न गृहमन्त्रीको निर्देशन

ओली र लेखक पक्राउप्रति एमाले मकवानपुरको आपत्ति

टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना भए ओली

ओली र लेखक दुवैलाई प्रहरीको २ नम्बरमा गणमा राखिने

प्रदीप खड्काले चितवनमा उद्घाटन गरे १८ डी सिनेमा

आज मह दिवस : चितवनमा किसानसँग अन्तरक्रिया गरेर मनाइयो

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

सोचेको थिइनँ, यहाँ आइपुग्छु भनेरः महिला मन्त्री वादी

पदबहाली गर्दै सोविता गौतमले भनिन्ः सुधार गर्नुपर्ने कानुनहरु तीव्र गतिमा अगाडि बढाउछौं

जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन होसः सुशीला कार्की

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २.
    कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ३.
    आज बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ४.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ५.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६.
    चितवनमा सानिमा रिलायन्स लाईफको रक्तदान कार्यक्रम सम्पन्न

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.