काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । नेपाल आयल निगमले शुक्रबार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो ।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ र डिजेल र मट्टितेलको ३ रुपैयाँ मूल्यवृद्धि गरिएको छ ।
मूल्यवृद्धि भएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १८३ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७३ रुपैयाँ पुगेको छ ।