Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, कार्तिक २२, २०८२
☰
Logo शनिबार, कार्तिक २२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

  • ३. सोमबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहाेस् राशिफल

  • ४. आइतबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ५. उवासंघ चितवनको अध्यक्षमा शिरीष पन्तले उमेदवारी दिने

  • ६. हेर्नुस तपाइँको आजको राशीफल

  • ७. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ८. भोलिदेखि नारायणी किनारमा हुने खेलकुद तथा व्यापार महोत्सवको तयारी पुरा

  • ९. नारायणघाट-बुटवल सडकको दाउन्ने खण्ड २ महिनासम्म एकतर्फी हुने

  • १०. चितवनको माडी जाने निकुञ्जभित्रको सडकमा मोज्याक टायल लगाइने

सुर्तीमा वर्षेनी रू. १ खर्ब २१ अर्ब खर्च, हस्तक्षेप र प्रभावकै कारण सुर्तीमा बढेन कर

काठमाडौं, २७ भदौ
सुर्तीजन्य पदार्थको नियन्त्रणमा उद्योगी व्यवसायीको प्रत्यक्ष र अप्रत्यक्ष रुपमा हस्तक्षेप तथा प्रभावित पार्ने कार्य जारी नै रहेको पाइएको छ । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जालले गरेको अध्ययनमा नेपालमा सुर्ती उद्योगले नीतिगत तहमा नै प्रभाव पारेकै कारण सुर्तीको कर वृद्धि हुन नसकेको उल्लेख गरिएको छ ।

विश्वका ८० मुलुकमा गरेको सुर्ती नियन्त्रणमा उद्योगको हस्तक्षेपसम्बन्धी अध्ययन प्रतिवेदन मङ्गलबार सार्वजनिक गर्दै विज्ञले सुर्तीले जनताको स्वास्थ्य मात्रै बिगार्ने नभइ समग्र सामाजिक, आर्थिक अवस्था बिगार्ने बताउनुभयो । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरपालिकाभित्र सुर्तीजन्य पदार्थ अन्तर्गत ‘हुक्का’ सेवन पनि प्रतिबन्ध लगाउन लागिएको जानकारी दिनुभयो । उहाँले “सुर्तीजन्य पदार्थ सेवन गर्नुहुँदैन भन्ने कुरा युवा पुस्तामा व्यापक जनचेतना फैलाउनुपर्छ । यसका लागि सामूहिक प्रयत्नको खाँचो पर्छ । ”

कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठनका डा लोनिम प्रसाइँले सुुर्तीजन्य पदार्थ नियन्त्रणमा नेपाल सरकारले उच्च प्राथमिकता दिन सुझाव दिनुभयो । उहाँले भन्नुभयो ,“गरिबले सुर्ती र मदिरामा गर्ने खर्च आम्दानीको ५० प्रतिशतभन्दा बढी रहेको पाइएको र उनीहरुले शिक्षा र स्वास्थ्यलाई भन्दा त्यस्ता क्षेत्रलाई प्राथमिकता दिने गरेका कारण यसलाई प्रतिबन्ध नै गरिनुपर्दछ ।” धूमपान गर्ने व्यक्तिका कारण धूमपान नगर्ने व्यक्तिलाई पनि उत्तिकै असर गर्ने गरेका कारण सार्वजनिकस्थलमा धूमपान निषेध गर्न तीनवटै तहका सरकारले समन्वयात्मक रुपमा काम गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा वरिष्ठ जनस्वास्थ्यविद् प्रा डा शरदराज वन्तले सुर्ती स्वास्थ्यसँग मात्र सम्बन्धित नभइकन बहुआयामिक भएकाले यसले समग्र अर्थतन्त्रमा असर पार्ने स्पष्ट पार्नुभो । जनताको स्वास्थ्य र समग्र जीवन नै खराब पार्ने तत्वलाई राज्यको कर उठ्ने तत्वको रुपमा नलिइकन प्रतिबन्धतर्फ जानुपर्ने धारणा उहाँले राख्नुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा दिपेन्द्ररमण सिंहले सुर्तीमा मात्रै नेपाली जनताले बर्सेनि रु एक खर्ब २१ अर्ब खर्च गर्ने गरेको तथ्याङ्क प्रस्तुत गर्नुभयो ।

नब्बे लाख जनताले सुर्ती सेवन गर्ने गरेको र सुर्ती सेवनकै कारण थप करोडौँ रुपैयाँ स्वास्थ्य उपचारमा खर्च हुने गरेको जानकारी दिनुभयो । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जालका राष्ट्रिय संयोजक शान्तलाल मुल्मीले सुर्तीजन्य वस्तुको प्रवद्र्धन र उत्पादन बन्देजको नै आवश्यकता भइसकेको अवस्थामा कानुन बमोजिम सुर्तीमुक्त सार्वजनिकस्थल नै घोषणा गर्न नसकेको बताउनुभयो । सुर्तीजन्य पदार्थलाई बन्देज लगाएको खण्डमा नाफाखोर उद्योगीलाई बाहेक राज्य र जनतालाई फाइदा नै हुने उहाँको भनाइ थियो ।

सुर्ती उद्योगको हस्तक्षेपसम्बन्धी अध्ययनकर्तासमेत रहेका संयोजक मुल्मीले नेपालको कानुनले र सुर्ती नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धि (एफसिटिसी) गाइडलाइनले पनि कुनै पनि नाममा सुर्तीको प्रचारप्रसार गर्न नपाइने उल्लेख गरे तापनि सुर्ती उद्यमीले चलाखीपूर्ण तवरले ब्राण्डको प्रचार गर्ने, चुरोट सेवन गर्न उत्प्रेरणा दिने, कानुन कार्यान्वयनमा भाँजो हाल्ने काम निरन्तर रुपमा भइरहेको जानकारी दिनुभयो ।

सुर्ती नियन्त्रणमा उद्योगको हस्तक्षेपसम्बन्धी अध्ययनका अर्का अध्ययनकर्ता पूर्णभक्त दुवालले उद्योगीको प्रभावकै कारणले चुरोट सेवनको नियन्त्रण गर्न प्रहरी प्रशासन फितलो देखिएको पाइएको बताउनुभयो । सुर्ती उद्योगले गैरकानुनी तवरले सामाजिक उत्तरदायित्वको नाममा काम गरी प्रचार गर्ने गरेको, विभिन्न चलचित्रहरुमा कलाकारलाई धूमपान गर्न लगाएको, सुर्ती उद्योगीसँग सरकारी निकायको कुनै पनि बैठकमा बस्न नहुने भए तापनि सरकारी निकायले बेवास्ता गर्दै बैठकहरुमा सरोकारवालाका नाममा बस्न दिइरहेको उल्लेख गर्नुभयो ।

स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल बागमती प्रदेशका संयोजक रत्नश्वरी चवालले सुर्तीको कुनै पनि प्रचारप्रसार र प्रवद्र्धन गर्न नहुने कानुनी व्यवस्था हुँदाहुँदै पनि सुर्ती उद्योगले विभिन्न नाममा प्रायोजनमा बजारीकरण गरिरहेको जनाउँदै स्थानीय र प्रदेश सरकार पनि सुर्ती नियन्त्रणमा सङ्घीय सरकारजस्तै निकम्मा रहेको आरोप लगाउनुभयो ।

मधेश प्रदेशका संयोजक पार्थो सरकारले नेपाल र भारत दुवै देशबाट सुर्ती व्यापारलाई क्रमशः कम गर्दै लैजानुपर्ने बताउनुभयो । लुम्बिनी प्रदेश संयोजक पूर्णलाल चुकेले करको नाममा सुर्ती उद्योग खराब होइन भने भ्रम छर्ने काम भइरहेको र विद्युतीय चुरोटले पनि उत्तिकै स्वास्थ्य बिगार्ने तथ्य प्रस्तुत गर्नुभयो । गैरसरकारी संस्था महासङ्घका अध्यक्ष रामप्रसाद सुवेदीले जनताको स्वास्थ्य अधिकारका लागि नागरिक समाजले निरन्तर दबाब दिई नै रहेको तर सरकारले नसुनेको जस्ते गरिरहेको बताउनुभयो ।

प्रतिवेदन अनुसार सुर्ती उद्योगले सुर्तीजन्य पदार्थ नियन्त्रण ऐन र जनस्वास्थ्य ऐनको बर्खिलाप हुनेगरी सुर्ती उद्योगले विभिन्न विद्यालयलाई आर्थिक सहयोग, दिने, एम्बुलेन्स खरिदलगायतमा सहयोग गरेर सुर्ती उद्योग खराब होइन भने भ्रम छर्ने काम गरिरहेका छन् । (रासस)

Chitwan Aaja चितवन आज
बुधबार, भदौ २७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तपाईंको आजको दिन कस्तो रहनेछ ? हेर्नुस् आजको राशीफल
चार घण्टापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुचारु
विश्व रेडियोग्राफी दिवसको अवसरमा र्‍याली तथा जनचेतना कार्यक्रम

ताजा समाचार

सबै

तपाईंको आजको दिन कस्तो रहनेछ ? हेर्नुस् आजको राशीफल

चार घण्टापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुचारु

विश्व रेडियोग्राफी दिवसको अवसरमा र्‍याली तथा जनचेतना कार्यक्रम

खेलकुद महोत्सवमा : पाँच दिनमा डेढ लाख दर्शकले गरे अवलोकन, आज एकैदिन ५० हजार

अब गर्नुपर्छ, नत्र भोलि गएर फेरि यस्तै आन्दोलन हुन्छ : मुख्यसचिव अर्याल

एमाले सभ्य, शिष्ट र सुसंस्कृत होस् : सचिव भट्टराई

बागलुङमा पिकअप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

सर्पको डसाइबाट महिलाको मृत्यु

तोसिमालाई विस्तारित बैठकमा बोल्न नदिएको भन्दै निशा डाँगीको आपत्ति

खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

टुहुरो ‘मेघौली’ गाडीको ठक्करबाट घाइते, एक जना पक्राउ

नेपालको जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्कालीन कार्यको आह्वान

मतदाता नामावली संकलन उत्साहजनक : आयोग

आलमको निधनमा रास्वपा नेतृको टिप्पणी: मृत्यु उत्सव नबनोस्, नेता सुध्रिउन्

कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

जाडोमा छालाको सुक्खापन र फुट्ने समस्याबाट कसरी बच्ने ?

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज मंगलबार कुन राशिका लागि शुभ : हेर्नुहोस् राशिफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

  • ३.
    सोमबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहाेस् राशिफल

  • ४.
    आइतबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ५.
    उवासंघ चितवनको अध्यक्षमा शिरीष पन्तले उमेदवारी दिने

  • ६.
    हेर्नुस तपाइँको आजको राशीफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech