Chitwan Aaja SKIP THIS
Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, माघ १३, २०८२
☰
Logo मङ्गलबार, माघ १३, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

लोकप्रिय समाचार

  • १. आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २. कुन राशिलाई सफलता, कुनलाई सावधानी ? हेर्नुहोस् तपाईँको आजको राशिफल

  • ३. आज सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ४. आज यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ५. स्वतन्त्र उम्मेदवार चन्दद्वारा उम्मेदवारी फिर्ता

  • ६. कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणको अन्तिम चरणमा

  • ७. बालेनको राजीनामालगत्तै खोला किनारका जग्गामा काठमाडौं महानगरको रोक्का फुकुवा

  • ८. सिमलताल दुर्घटना: त्रिशूलीमा भेटिएको गणपति डिलक्स बसभित्र मानव कङ्काल भेटियो

  • ९. फेसबुकमा रविले भने– धेरै दुःख दियौ, फागुन २१ मा घण्टी बजाएर जवाफ आउनेछ

  • १०. नवलपरासीमा विद्यार्थी बोकेको बस दुर्घटना, ६ जना घाइते

पढ्दै कमाउँदै कार्यक्रम लागू भएसँगै मासिक तीनदेखि आठ हजार कमाउँछन् विद्यार्थी

चितवन, २३ भदौ
जिल्लाको इच्छाकामना गाउँपालिका घर भई माडीमा रहेको जनकल्याण माविमा कक्षा १० मा अध्ययन गर्दै गरेका इन्द्रबहादुर चेपाङ अहिले विद्यालयमा व्यस्त रहने गर्नुभएको छ । माडी नगरपालिका–६ कल्याणपुरमा रहेको यस विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागू भएसँगै यहाँ अध्ययन गर्ने विद्यार्थी घरमाबाहेक विद्यालयमा समेत कृषि कार्यमा व्यस्त रहन थालेका छन् ।

चेपाङ विसं २०७२ को भूकम्पपछि माडी नगरपालिकामा आएर बुबाआमासँग बसोबास गर्दै आउनुभएको छ । अध्ययनका लागि असहज बन्दै गएको त्यो दिन सम्झदै चेपाङ भन्नुहुन्छ, “पहिले घरबाट खर्चको जोहो मिलाउन कठिन थियो । अहिले त विद्यालयको कार्यक्रममा सहभागी भएर आफैँ कमाउने र पढ्ने गरेको छु ।”

विकास केन्द्रले सञ्चालन गरेको यस कार्यक्रममा सहभागी भएसँगै कापी कलम किन्ने, खाजा खर्चदेखि अन्य व्यक्तिगत खर्चका लागि परिवारसँग हारगुहार गर्नु नपरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पढाइसँगै कामअनुसार मासिक रु तीन हजार हाराहारी कमाउने गरेको छु ।” अब केही समयपछि आफू कृषि कर्ममा लागेर कमाउनसक्ने उहाँले बताउनुभयो ।

एसइई परीक्षा उत्तीर्ण गरेपछि अध्ययनको बाटोलाई पूर्णबिराम लगाउनु लाग्नुभएका स्थानीय राजेश महतो अहिले यस कार्यक्रममा जोडिएसँगै अध्ययनलाई निरन्तरता दिन थाल्नुभएको छ । उहाँ अहिले कक्षा ११ मा अध्ययनरत हुनुहुन्छ । विद्यालयमा नै बसेर यस कार्यक्रम सहभागी हुँदै आउनुभएका उहाँ अहिले महिनाको रु आठ हजार कमाउने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पढ्न पाइँदैन कि भन्ने थियो । अब कक्षा १२ सम्म अध्ययनका लागि सहज भएको छ ।” आफूले कमाएर घरपरिवारलाई समेत दिने गरेको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो, “यहाँ गरेको दुःख भविष्यका लागि सहज बन्नेछ भन्नेमा विश्वस्त छु ।”

समूहमा रहेका साथीहरूले विद्यालय समयमा मात्रै काम गर्ने भएकाले त्यो कामको रेखदेख गर्न उहाँ विद्यालयमा नै बस्ने गर्नुभएको छ । विद्यालयले यी समूहमा रहेका विद्यार्थीबाट १२ कट्ठा जग्गामा धान रोपाइँ गरेको छ । तरकारीखेती समेत गर्दै आएको छ । यस्तै ३० जना विद्यार्थीले बाख्राको पाठा घरमा लगेर पालेका छन् भने चार सय वटा हाँस बिक्रीका लागि तयारी अवस्थामा रहेका छन् ।

सोही कार्यक्रममा सहभागी कक्षा ११ की सञ्जीता लामिछाने घरमा खासै काम गर्ने बानी नपरे पनि विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागू भएपछि घरमा समेत काम गर्ने बानी परेको बताउनुहुन्छ । अध्ययनका लागि परिवारसँग पैसा माग्दा हुने समस्या अहिले नरहेको उहाँको भनाइ छ । उहाँ अहिले विद्यालयमा साथीहरूसँग काम गर्दा छुट्टै महसुस हुने गरेको सुनाउनुहुन्छ । अहिले पढाइका लागि परिवारसँग खर्च माग्नु नपरेको भन्दै उहाँले भन्नुभयो, “अब कृषि कर्म गरेर खान सक्छु भन्ने आँट यस कार्यक्रमले दिएको छ ।”

आर्थिक वर्ष २०७८/८९ सालदेखि शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट छनोटमा परी पढ्दै कमाउँदै कार्यक्रममा लागू भएसँगै यस विद्यालयमा अध्ययन गर्ने न्यून आय भएका विद्यार्थीलाई अध्ययनका लागि टेवा पुगेको छ । विद्यालयले तीन वटा समूह बनाएर यस कार्यक्रममा विद्यार्थीलाई सहभागी गराउँदै आएको छ । तीन वटा समूहमार्फत एक सय ३० जना विद्यार्थीलाई परिचालन गरी कार्यक्रम सञ्चालन गरिएको छ ।

कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरी विद्यालयले बाख्रापालन, हाँसपालन, फलफूल, तरकारीखेती तथा खाद्यान्नबालीका लागि समूह विभाजन गरी काम गरिएको कार्यक्रमकी सम्पर्क व्यक्ति एवं विद्यालयकी शिक्षिका टीका खत्रीले जानकारी दिनुभयो ।

अहिले यस कार्यक्रममा सहभागी विद्यार्थीले कामका हिसाबले मासिक रु तीन हजारदेखि ८ हजारसम्म कमाउने गरेको उहाँले बताउनुभयो । विद्यालयमा कृषि विषय अध्ययन हुँदै आएको हुँदा यहाँका विद्यार्थीलाई कृषितर्फ नै केन्द्रित गराइएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “विद्यार्थीलाई श्रमप्रति माया जगाउनका लागि यो कार्यक्रम प्रभावकारी बनेको छ ।”

विद्यालयका प्रधानाध्यापक रामबहादुर जिसीले विपन्न वर्गका विद्यार्थीलाई अध्ययनका लागि यो कार्यक्रम प्रभावकारी भएको बताउनुभयो । उहाँका अनुसार विद्यालयले उत्पादित सामग्री बिक्री वितरण गरिदिने गरेको छ । तरकारी र खाद्यान्नजस्ता वस्तु स्थानीय बजारमा समेत बिक्री भइरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यस कार्यक्रममा जोडिएका विद्यार्थी पढाइमा समेत लगनशील बन्न थालेका छन् ।”

जिल्लामा हाल शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट छनोटमा परी तीन वटा विद्यालयले पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्दै आएका छन् । यस कार्यक्रमका लागि गत दुई आवमा केन्द्रले विद्यालयलाई प्रतिवर्ष रु १०/१० लाखका दरले सहयोग गरेको थियो ।रासस

Chitwan Aaja चितवन आज
शनिबार, भदौ २३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
कोलकाताका दुई गोदाममा आगलागी, कम्तीमा ८ जनाको मृत्यु
छानबिन गर्न गठित आयोगको प्रगतिबारे सदनलाई जानकारी गराउन माग
भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा

ताजा समाचार

सबै

कोलकाताका दुई गोदाममा आगलागी, कम्तीमा ८ जनाको मृत्यु

छानबिन गर्न गठित आयोगको प्रगतिबारे सदनलाई जानकारी गराउन माग

भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा

चुनावी अभियानमा राष्ट्रिय झण्डाको प्रयोगमा रोक लगाउन माग

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

कालिज पालेर मासिक एक लाख बढी आम्दानी

‘हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै

मेरो उम्मेदवारी नै सम्पुर्ण महिलाहरुको उम्मेदवारी हो : मिना खरेल

ओखलढुङ्गामा राई दम्पतीको हत्या

सुनचाँदीको भाउमा नयाँ रेकर्ड बन्ने क्रम जारी, कति पुग्यो तोलाको ?

फलेवासबाट एक वर्षमा पाँच सय २५ जना बसाइँसराइ

माडीमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, आज यी चार प्रदेशमा मध्यम वर्षाको सम्भावना

आज यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २.
    कुन राशिलाई सफलता, कुनलाई सावधानी ? हेर्नुहोस् तपाईँको आजको राशिफल

  • ३.
    आज सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ४.
    आज यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ५.
    स्वतन्त्र उम्मेदवार चन्दद्वारा उम्मेदवारी फिर्ता

  • ६.
    कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणको अन्तिम चरणमा

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.