काठमाडौं भदौ २०
कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका परिवर्तन भएको छ ।
असोज ६ र ७ गते सञ्चालन हुने भनिएको कक्षा १२ को पूरक परीक्षा ९ र १० गते हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म हुने बोर्डले बताएको छ ।