रत्ननगर, वैशाख २० –
नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेस परित्याग गरी रत्ननगरका ६ जना कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गरेका छन् । नेकपा (एमाले) रत्ननगर ११ को घरदैलोका कार्यक्रममा उनीहरु एमाले प्रवेश गरेका हुन् ।
एमाले प्रवेश गर्नेमा माओवादीबाट चार जना र कांग्रेसबाट दुई जना रहेको एमाले रत्ननगरका निर्वाचन प्रचारप्रसार समितिका सह संयोजक प्रताप डल्लाकोटीले जानकारी दिनुभयो । पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेमा माओवादी रत्ननगरका चिरञ्जीवी पोखरेल, मञ्जु अम्गाई, सञ्जु पुडासैनी, रमेश पोखरेल तथा कांग्रेसबाट रेवती थापा सारु मगर र सरिता थापा मगर रहनुभएको छ ।