चितवन, १६ भदौ
चितवनमा रही सञ्चारकर्म गर्ने गोरखाका पत्रकारले गोरखा चितवन पत्रकार समाज गठन गरेका छन् ।
आज शनिवार पुर्खौली घर गोरखा भई हाल चितवनमा पत्रकारिता कार्यमा संग्लन पत्रकारको भेलाले गोरखा चितवन पत्रकार समाज गठन गरेको हो ।
भेलाले नविन बाबु मरहट्टाको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति बनाएको छ । तदर्थ समितिको सदस्यहरुमा शान्ता अधिकारी, रवि भट्ट(रोशी), लक्ष्मी ढकाल, तुलमान गुरुङ, सुनिल पराजुली, सरोज उपरकोटी, सनद अधिकारी र रवि रेग्मी रहेका छन ।
भेलाले असोज महीनाभित्रमा समाजको बृहत् भेला गर्ने निर्णय पनि गरेको छ ।







