चितवन, १३ भदौ
तीजलाई तडकभडक र खर्चिला कार्यक्रम नगर्न चितवन प्रशासनले आग्रह गरेको छ।
आज एक सुचना जारि गर्दै सो आग्रह गरेको हो। प्रशासनले सार्वजनिक स्थल र पार्टी प्यालेसहरुमा मेला, महोत्सव आयोजना गर्दा जिल्ला प्रशासन कार्यालयको पूर्वस्वीकृती आवश्यक पर्ने सूचनामा उल्लेख गरेको छ ।
सूचनामा भनिएको छ, ‘सामाजिक शिष्टाचार, नैतिकता र अनुशासन कायम गर्ने कार्यमा जिल्लाका राजनीतिक दल, नागरिक समाज, पेशासगत संघसंस्था सञ्चारकर्मीहरु, महिला सञ्जाल र सम्पूर्ण जिल्लाबासीबाट सहयोगको अपेक्षा गरिएको छ ।’
यदि कसैले सुचना बिपरित कार्य गरेमा कानुन अनुसार कारबाही गर्ने सूचनामा उल्लेख गरिएको छ।








