काठमाडौ, १२ भदौ
विश्वमा पहिलोपटक मान्छेको शरीरमा जिउँदो जुका भेटिएको छ । बीबीसीका अनुसार वैज्ञानिकहरूले मान्छेको शरीरमा आठ सेन्टिमिटर लामो जीवित जुका भेटेका हुन् ।
गतवर्ष अस्ट्रेलियाको क्यान्बेरामा एक महिलाको मस्तिष्कको फ्रन्टल लोब सर्जरी गर्दा जिउँदो जुका भेटिएको हो । ती महिलामा पेट दुख्ने, कफ हुने, राति पसिना आउने, बिर्सिने र डिप्रेसनका संकेतहरू देखिएका थिए ।
उक्त रातो परजीवी महिलाको मस्तिष्कमा दुई महिनासम्म बसेको हुन सक्ने अनुमान छ । अनुसन्धानकर्ताहरूका अनुसार यस घटनाले जनावरबाट मानिसमा सर्ने रोग र संक्रमणको बढ्दो खतरालाई उजागर गर्दछ ।