चितवन, १२ भदौ
अनेरास्ववियु जिल्ला कमिटी चितवनको प्रथम पुर्ण बैठक सम्पन्न भएको छ । संगठनका केन्द्रीय महासचिव नरेश रोकायको प्रमुख आथित्यतामा सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुरमा सम्पन्न भएको हो ।
सो बैठकमा संगठनका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज अमित कुमार गुप्ता, पार्टीको केन्द्रीय विपत व्यवस्थापन समिति सदस्य एवम् प्रभावशाली पुर्व विद्यार्थी नेता ऋषिकेश रेग्मि, जिल्ला पार्टी विद्यार्थी फाट इन्चार्ज केशव आचार्य, जिल्ला पार्टी विद्यार्थी फाट सह इन्चार्ज देव पाठक, पुर्व विद्यार्थी नेता प्रकाश भट्ट, राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य अस्मिन घिमिरे, संगठन केन्द्रीय निर्वाचन आयोग सदस्य सचेत सुवेदी, संगठन केन्द्रीय अनुशासन आयोग सदस्य आकाश गिरी, संगठन प्रदेश कमिटी सदस्य प्रकाश कालाखेति, सिटिईभिटी राष्ट्रिय कमिटी उपाध्यक्ष सि. पी. न्यौपाने , भरतपुर महानगर संयोजक सुवास सुवेदी लगाएतको उपस्थिति रहेको थियो ।
बैठकमा प्रमुख अतिथिबाट निर्वाचित जिल्ला कमिटी पदाधिकारी एवम् सदस्यहरूलाई प्रमाणपत्र प्रदान गर्दै विविध विषयमा वृहत् छलफल गरिएको थियो । महत्वपूर्ण विषयहरूमा निर्णय र जिम्मेवार समेत बाडफाड गरिएको थियो ।
अनेरास्ववियु जिल्ला कमिटी चितवनका अध्यक्ष हरि आचार्यले उपस्थित सम्पूर्णलाइ धन्यवाद व्यक्त गरेका थिए।







