चितवन,८ भदौ
पूर्व सचिव भीम उपाध्यायले सामाजिक सञ्जाल फेसबुकबाट भरतपुर १६, चितवनकी पूर्णमाया गुरुङसँग कुरा मिलिसकेको बताएका छन् । गुरुङले भने आफू कानूनी प्रकृयामा गइसकेकोले उपाध्यायले गरेको गाली बेइज्जतीको उपचार कानूनबाटै खोजिने बताएकी छन् ।
गुरुङले बिना अपराध सामाजिक सञ्जालबाट खेपेको गाली बेइज्जती बिरुद्ध प्रहरीमा गएको बताएकी हुन्।
उपाध्यायले ति महिलालाई पटक पटक गोरुको मासु नखाएको अनुरोध गरेकी थिइन्। पोस्ट हटाउनको लागि मेसेज गर्दा उपाध्यायले वास्ता नगरेको गम्भीर आरोप समेत लगाएकी छिन्।
कानुनि उपाचारमा गैसकेपछि उपाध्यायले पटक पटक फोन गरि हैरान पारेपछि ब्लक गरेको समेत पनि बताइन् । आफ्नो सामाजिक बेइज्जतीको पीडा एक फोन कलबाट सरी भनेर नभरिने भएकोले उनले सामाजिक सञ्जालमा भनेजस्तो माफी नदिएको जानकारी दिइन् ।
उपाध्यायले दुई वर्षअघि माइती गाउँको भिडिओबाट स्क्रिन सर्ट लिएर ‘गोरु खाने धराने’ भन्दै पूर्णीमायाको फोटो फेसबुकमा हालेका थिए।
चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले पनि हिजो साइबर अपराधमा उजुरी दर्ता भइसकेको र अनुसन्धान प्रकृयामा प्रहरी गइसकेको जानकारी दिए ।








