Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, चैत ३०, २०८२
☰
Logo सोमबार, चैत ३०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

एसईई परीक्षार्थीलाई मन्त्री वादीको सुझाव–’आफ्नो क्षमतामा विश्वास राख्नुहोस्’

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ साल चैत २४ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • २. अखिल क्रान्तिकारी वीरेन्द्र बहुमुखी क्याम्पस इकाइ बैठक सम्पन्न

  • ३. ‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

  • ४. रवि विरुद्धको आरोपपत्र संशोधनमा जटिल कानुनी प्रश्न देखियो : सर्वोच्च अदालत

  • ५. लायन्स क्लब अफ नारायणगढ दियालोको अध्यक्षमा रमेश मानन्धर

  • ६. पुनर्निर्माणपछि चितवनको भाटभटेनी स्टोर्स भोलिदेखि सञ्चालनमा आउने

  • ७. ओली र लेखकलाई रिहा गर्न सर्वोच्चको परमादेश, देखायो यस्तो कारण

  • ८. सर्लाहीमा सशस्त्र प्रहरीको कडाइ : ६०० लिटर मदिरा नष्ट, भन्सार छलीका सामानसहित अटो नियन्त्रणमा

  • ९. चितवन निकुञ्जमा आर्मीले चलाएको गोली लागेर गैँडाको मृत्यु

  • १०. बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

नयाँ मतदाता ५० देखि ६० प्रतिशत एमालेमा देखिएकाले निर्वाचन जित्छौँ : एमाले उपाध्यक्ष ज्ञवाली (अन्तर्वार्ता) 

काठमाडौँ, वैशाख २०–

देश संघीय प्रणालीमा गएपछिको दोस्रो स्थानीय तह निर्वाचन ३० वैशाखमा हुँदै छ । निर्वाचनमा अघिल्लो पटक पहिलो दल बनेको नेकपा एमालेविरुद्ध कांग्रेस नेतृत्वमा पाँच दलीय गठबन्धन छ । तै पनि गठबन्धन ‘फ्लप’ भएको र निर्वाचनमा गठबन्धनलाई पराजित गर्ने दाबी एमालेको छ ।

पराजित गर्न सकिने आधारहरूमा ५० देखि ६० प्रतिशत नयाँ मतदाता अध्यक्ष केपी शर्मा ओलीका कारण एमालेप्रति आकर्षित भएको, गठबन्धनको नेतृत्वदायी दल कांग्रेसमा बागीको बिगबिगी भएको र गठबन्धन दलहरूबीच अन्तरविरोध कायमै रहेका कारण एमालेलाई निर्वाचन जित्न सहज हुने पार्टी उपाध्यक्ष युवराज ज्ञवाली तर्क गर्दै आएका छन् ।

उनै ज्ञवालीसँग स्थानीय तह निर्वाचनमा एमालेले जित्न सक्ने सम्भावित स्थानीय तहको संख्या, आधार, १० बुँदे सहमतिपछि पार्टीमा जोडिएका नेताहरूको स्थानीय निर्वाचनमा उपेक्षालगायत विषयमा केन्द्रित भएर न्युज कारखानाकर्मी जङ्ग तामाङले गरेको कुराकानीको सम्पादित अंश :

नेकपा एमालेविरुद्ध पाँच दलीय गठबन्धन खडा छ । गठबन्धन हुँदा पनि कति स्थानीय तहमा जित्न सकिएला ? एमालेको हिसाब के छ ?

एमाले विभाजित भए पनि देशको सबैभन्दा ठूलो दल हो । संसद्को ठूलो दल हो । धेरै प्रदेशमा एमाले ठूलो दल छ । स्थानीय तहमा पनि ठूलो दल एमाले नै हो ।

अर्को कुरा, एमालेबाट अगल भएर नेता माधवकुमार नेपालले भिन्नै पार्टी बनाए पनि पूर्व माओवादीबाट वडादेखि केन्द्रसम्मै महत्वपूर्ण पंक्ति एमालेमा समाहित भएको छ । कार्यकर्ता र मतदाताको पनि ठूलो पंक्ति एमालेमा थपिएको छ । र, यो बीचमा मेची–महाकालीसम्मै एमाले प्रवेशको लहर सिर्जना भयो । निकै धेरै ठाउँमा अन्य पार्टीबाट एमालेमा आउने क्रम भयो । महत्वपूर्ण नेताहरू, ठूलो संख्यामा कार्यकर्ता र मतदाताको ओइरो लाग्यो । यो निकै उल्लेखनीय छ ।

समग्रमा एमालेको जनमत बलियो छ । निर्वाचनको प्रचारमा जाँदा र मेची–महाकाली निर्वाचनमा अभियानमा खटिएका साथीहरूको रिपोर्ट सुन्दाखेरी वातावरण एकदम उत्साहपूर्ण छ ।

फेरि, पाँच दलीय गठबन्धनभित्र आपसमै अन्तरविरोध चर्को छ । कांग्रेसमा बागीको बिगबिगी छ । गठबन्धनमा व्यापक असन्तुष्टि छ । ठिक उल्टो एमालेमा यस पटक गुटबन्दी छैन । पार्टी ‘हाई कमाण्ड’को निर्णय मान्ने बफादार र इमान्दार नेता कार्यकर्ता छन् । अन्तर्घात गर्ने र असन्तुष्ट हुने पक्ष नै छैन एमालेमा । यसलाई गठबन्धन पराजित गर्ने एमालेको राजनीतिक क्षमताको रूपमा बुझिनुपर्छ ।

उसो भए कति स्थानीय तहमा एमालेले जित्ला ? वस्तुवादी ढंगले एमालेले विश्लेषण गरेको छ ?

यति नै पालिका जित्न सकिएला भन्ने ठ्याक्कै विश्लेषण हाम्रो छैन । तर, स्थानीय तहमा हाम्रो बहुमत आउने सुनिश्चित छ । त्यो बहुमत कति अंकले बढी हुन्छ भन्ने एउटा कुरा हो । अहिले जति नयाँ मतदाता थपिएका छन् नि, त्यो मतदाता कता जान्छ भनेर हामीले सर्वेक्षण गरेका पनि छौं ।

सर्वेक्षण गर्दा नयाँ मतदाता कता बढी जाने पाउनुभयो ?

निर्वाचनमा पुराना मतदाता त प्रायः दलका स्थायी मतदाता भइसकेका हुन्छन् । र, नयाँ मतदाताको आकर्षण कता छ ? भनेर आमसभा, खुला सभादेखि, भेला र सानातिना कार्यक्रम गरेर सर्वेक्षण गर्दा एमालेमा आकर्षण देखियो । उनीहरूमा देशको विकास गर्छ भने नेकपा एमालेले गर्छ भन्ने बुझाइ पायौं । पाँच दलीय गठबन्धनप्रति आकर्षण देखिँदैन । नेपाली कांग्रेसको मुख्य नेता शेरबहादुर देउवाजीप्रति आकर्षण छैन नयाँ मतदाताको । एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति छ । हामीले थपिएका नयाँ मतदातामा ५० देखि ६० प्रतिशत एमालेमा आए भन्ने विश्लेषण गरेका छौं ।

अघि नै तपाईंले भनिहाल्नुभयो कि एमाले फुटेको छ । फुटको बीच निर्वाचनमा जान लाग्दा दोस्रो दल कांग्रेस, तेस्रो दल माओवादी केन्द्र, चौथो दल एकीकृत समाजवादी, पाँचौं दल जनता समाजवादीलगायतको गठबन्धन छ । नयाँ मतदाता थपिएको भन्ने आधारमा बहुमत ल्याउँछ भन्नु विश्वासयोग्य तर्क हो र ?

दोस्रो दल भए पनि कांग्रेसको एमालेकोभन्दा जनमत धेरै कम छ । अन्य दलको त त्यति छैन जनमत । अहिले पाँच दलीय गठबन्धनबाट प्रधानमन्त्री हुनुभएको देउवाजी, रामचन्द्रजी, प्रचण्डजीलगायत नेताहरू नै भन्दै हुनुहुन्छ कि एमालेलाई एक्लाएक्लै जित्न सकिँदैन । यो मैले बोलेको कुरा होइन । त्यही भएर गठबन्धन बनाउनु परेको भनिरहनु भएको छ । यसले पुष्टि के हुन्छ भने एमाले ठूलो छ, बलियो छ, एक्लै जित्न नसकिनेछ ।

अनि, एमाले ठूलो दल हुन्छ भन्नुहुन्छ तपाईं । तर, किन ठूलो हुनुपर्ने एमाले ? जबकि, ठूलो दल हुँदा त गैरसंवैधानिक ढंगले संसद् विघटन गर्दोरहेछ भन्ने आरोप छ नि एमालेलाई ?

यतिबेला देशवासी अग्रगमन चाहन्छ । प्रगति चाहन्छ । विकास चाहन्छ । अग्रगमन भन्नाले आमूल परिवर्तन हो । त्यो भनेको समाजवाद हो । समाजको आर्थिक–सामाजिक–सांस्कृतिक क्षेत्रमा नेपाली जनता परिवर्तन चाहन्छ । यद्यपि, राजनीतिक रूपमा ठूलो परिवर्तन भयो । क्रान्ति भयो । त्यो राजनीतिक क्रान्ति भए पनि आर्थिक–राजनीतिक–सांस्कृतिक क्रान्ति हुन बाँकी छ । त्यसो भएको हुनाले लोकतान्त्रिक प्रणालीको आधारमा यो परिवर्तन गर्न चाहन्छौँ । जनताबाट अभिमत ल्याएर परिवर्तन सम्भव छ ।

समाजलाई समाजवादमा पु¥याउन चाहन्छौँ । जतिबेला सामाजिक न्यायसहितको समाज र समतामूलक समाज निर्माण हुन्छ । समुन्नति र समृद्धि पनि सँगसँगै हुन्छ । यसका लागि एमाले ठूलो दल बन्नुपर्छ । तर, हामी पहिले सरकारमा छँदा आन्तरिक द्वन्द्व व्यस्थापन गर्न सकेनौं । त्यसकै कारणले अन्ततः संसद् विघटनको स्थिति निम्तियो । यद्यपि, के हो भने नयाँ जनादेशका लागि जनतामा जाने कुरा प्रतिगमन होइन । त्यसबेला त आन्तरिक द्वन्द्वले सरकार संकटमा पर्ने स्थिति थियो । त्यसलाई फेरि नकोट्याउँ । कति कोट्याउने क्या ? जहिल्यै कोट्याएर एमालेलाई प्रतिगामी भनिरहने ? संसद् पुनःस्थापना भइ सकेन र ?

अर्को विषय, १० बुँदे सहमति गरेर पार्टी एकता प्रक्रियामा जोडिएका तपाईंलगायत नेताहरू स्थानीय तह निर्वाचनको बेला टिकट वितरण प्रक्रियामा छेउ लाग्नु भएको हो ?

पहिले एउटा प्रसङ्ग सुनाउँछु । अब के छ भने एउटा पंक्ति माधव नेपालजीले लिएर जानुभयो । ५५/५६ जना केन्द्रीय सदस्य र तल्लो कमिटीको एउटा पंक्ति गयो । हामी सिनियरमध्येका १० जनासहित २०/२२ केन्द्रीय कमिटी पार्टी विभाजन गर्नु हुँदैन र पार्टीभित्र अन्तरविरोध देखापर्नेबित्तिकै पार्टी फुटाएर हिँड्नु गलत हो भनेर १० बुँदे सहमति गरेका हौँ । पार्टी विभाजन गर्नुपर्ने औचित्य पुष्टि हुने आधार नै छैन । आफ्नै पार्टीमा बसेर गम्भीर बहस गर्दै एकताबद्ध बनाएर जाने हाम्रो मान्यता थियो । त्यसमा नेपालजीसँग धेरै कुरा ग¥यौँ । उहाँले मान्नुभएन । यो एउटा विषय हो ।

अब तपाईंले सोध्नु भएको विषयमा आउँछु । हामीले उम्मेदवारका लागि पार्टीको तल्ला कमिटीबाट नाम मागेका थियौं । न्युनतम एक महिलासहित तीन जनाको नाम माग्यौँ । त्यहीअनुसार वडा, पालिका र जिल्ला कमिटीबाट सिफारिस आयो । त्यसमै टेकेर उम्मेदवार छनोट भएको हो । दाङको सन्दर्भमा तुलसीपुरको मेयरमा टीकाराम खड्का उम्मेदवार हुनुभएको छ । जो हिजो १० बुँदे सहमति गरेर आउनेमध्येका एक नेता हुनुहुन्छ । अन्य ठाउँमा पनि १० बुँदेपछि पार्टी एकता प्रक्रियामा जोडिएका नेताहरू उम्मेवदार हुुनुभएको छ । यस आधारमा तपाईंले भन्नु भएको कुरा गलत हो ।

अन्तिममा, ६ महानगरपालिकामध्ये एमालेको स्थिति कहाँ कस्तो छ ?

सबै महानगरपालिका हामी जित्छौँं । यसका पछि केही आधार छन् । जस्तै, भरतपुर महानगरपालिकामा अघिल्लो पटक हाम्रो उम्मेदवार झिनो मतान्तरले पराजित हुनुभएको थियो । र, यस पटक हाम्रो जित निश्चित जस्तै देखिन्छ । कारण–त्यहाँ जगन्नाथ पौडेलजी स्वतन्त्र उम्मेदवार हुनुभएको छ । उहाँले गठबन्धनको भोट धेरै काट्न सक्नुहुन्छ । उहाँले काट्नेबित्तिकै जित्छौँ ।

काठमाडौंमा त केशव स्थापितजीको प्रतिस्पर्धी नै नभए जस्तो देखिन्छ । स्थापितजी काठमाडौं सहर व्यवस्थित र विकसित बनाउने राम्रो ‘भिजन’ भएको नेता हो । माइतीघर क्षेत्रदेखि काठमाडौंका साँघुरा सडक विस्तार गर्ने नेता हुनुहुन्छ । उहाँ २०५४ सालमै परीक्षण भएको नेता हुनुुहुन्छ । उहाँ धेरै बलिया प्रतिस्पर्धी हुनुहुन्छ ।

पोखराको कृष्ण थापाजी पनि यसअघि नै पोखराबासीबाट परीक्षण भइसक्नु भएको छ । त्यहाँ त हाम्रो मतान्तर नै १४ हजार बढी थियो २०७४ सालमा । ललितपुर, विराटनगर र वीरगञ्ज पनि हामीले निर्वाचन जित्न मुस्किल छैन यसपटक ।

Chitwan Aaja चितवन आज
मङ्गलबार, बैशाख २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
रवि विरुद्धको आरोपपत्र संशोधनमा जटिल कानुनी प्रश्न देखियो : सर्वोच्च अदालत
आगलागीमा घाईतेहरुलाई उपचारका लागि हेलिकोप्टरबाट नेपालगन्ज पठाइयो
नवलपुरमा दूषित पानीका कारण गैँडा मर्ने घटनाप्रति गृहमन्त्री गुरुङको ध्यानाकर्षण

ताजा समाचार

सबै

रवि विरुद्धको आरोपपत्र संशोधनमा जटिल कानुनी प्रश्न देखियो : सर्वोच्च अदालत

आगलागीमा घाईतेहरुलाई उपचारका लागि हेलिकोप्टरबाट नेपालगन्ज पठाइयो

नवलपुरमा दूषित पानीका कारण गैँडा मर्ने घटनाप्रति गृहमन्त्री गुरुङको ध्यानाकर्षण

“तटस्थ र निष्पक्ष भएर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता”

आशा भोसलेको निधन

कमला नदीमा डुबेर एक युवकको मृत्यु

विद्यार्थी संगठन खारेज गर्न खोजे सरकारकै जरो उखेलिन्छ : विप्लव

प्रधानमन्त्रीलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा युट्युबर पक्राउ

भारत जान लागेको चर्चापछि प्रधानमन्त्री बालेनलाई हर्कको सुझाव : महाकालीमा सीमा अतिक्रमण बन्द गरियोस्

अमेरिका र इरानबीच भएको २१ घण्टा लामो वार्ता ठोस सहमति बिना नै टुङ्गियो

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

भरतपुरको अमृतचोकमा छाला, यौन तथा कुष्ठरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

आगलागी हुँदा एक घर जलेर नष्ट

गाजामा भएको इजरायली आक्रमणमा ७ जनाको मृत्यु

ललितपुरको हेरिटेज गार्डेनमा १३ औं संस्करणको “नेपाल ट्याटु कन्भेसन”

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ साल चैत २४ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • २.
    अखिल क्रान्तिकारी वीरेन्द्र बहुमुखी क्याम्पस इकाइ बैठक सम्पन्न

  • ३.
    ‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

  • ४.
    रवि विरुद्धको आरोपपत्र संशोधनमा जटिल कानुनी प्रश्न देखियो : सर्वोच्च अदालत

  • ५.
    लायन्स क्लब अफ नारायणगढ दियालोको अध्यक्षमा रमेश मानन्धर

  • ६.
    पुनर्निर्माणपछि चितवनको भाटभटेनी स्टोर्स भोलिदेखि सञ्चालनमा आउने

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.