काठमाडौं, भदौं ६
चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो महिना साउनमा पाँच करोड ८२ लाख ३२ हजार रुपैयाँ बराबरको काजु नेपाल भित्रिएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार एक महिनामा ६३ हजार ९२१ किलोग्राम काजु नेपाल भित्रिएको हो ।
यसबाट सरकारले दुई करोड ८८ लाख ६५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
साउनमा भारत र भियतनामबाट नेपालमा काजु आयात भएको छ ।
गत वर्षको यो अवधिमा भने, १२ करोड ६६ लाख ३५ हजार रुपैयाँ बराबरको एक लाख ७६ हजार १६८ किलोग्राम काजु नेपाल भित्रिएको थियो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार