• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
सोमबार, भदौ १६, २०८२
☰
सोमबार, भदौ १६, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा

चितवनमा ग्रेस इन्टरनेशनलको ‘एडुभर्स २०२५’

सकियो तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम

अर्किड स्कुलद्वारा अन्तर विद्यालय स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

फोर्ब्स कलेज भरतपुर चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रबृति प्रदान गर्ने

अर्बिट स्कुलमा कक्षा ११ का विद्यार्थीलाई कक्षा १२ का विद्यार्थीले गरे स्वागत

पूर्वाग्रही सोचसहित ल्याउनलागिएको शिक्षा विधेयक अस्वीकार्य : प्याब्सन

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते भरतपुरमा हुने

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

  • ३. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४. आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

  • ५. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ६. चितवनबाट दिदीबहिनी बेपत्ता

  • ७. चितवनमा कार अनियन्त्रित भई रुखमा ठोक्किँदा एक जनाको मृत्यु

  • ८. मुग्लिन सडकमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

  • ९. रौतहटकी रुबी हत्याका आरोपी लक्ष्मण पासवानको मृत्यु

  • १०. प्रधानमन्त्रीलाई बालेनको आग्रह–लिपुलेक हाम्रो हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला

मौरी चरन क्षेत्र बन्दै तनहुँ

डुम्रे (तनहुँ), ३ भदौ
मौरीको चरनका लागि तनहुँमा उपयुक्त तापक्रम भएका कारण यहाँ चरनका लागि मौरी ल्याउने गरिएको छ । मौरीको चरनका लागि २० देखि ३५ डिग्री सेन्टिग्रेडसम्म उपयुक्त मानिन्छ । तराई र मध्यपहाडी क्षेत्रमा कम्तीमा आठदेखि १० महिनासम्म यो अवस्था रहने भएकाले मह उत्पादनका लागि उपयुक्त मानिन्छ । मौरीको चरन पनि लामो समय हुनेहुँदा व्यावसायिक मौरीपालन उपयुक्त मानिएको विज्ञहरु बताउँछन् ।

नेपालमा विशेषगरी दुई प्रजातिका मौरीपालन गरिन्छ । सेरेना र एपिस मेलिफेरा प्रजातिका मौरी बढी पालिने गरिएको पाइन्छ । तराई क्षेत्रमा तीनदेखि चार महिनासम्म अत्यधिक गर्मी बढ्ने भएकाले अन्यत्र चरन क्षेत्र खोज्नुपर्ने अवस्था रहन्छ । मौरीको उत्पादन राम्रो लिनका लागि उचित तापक्रमको पनि किसानले ख्याल गर्नुपर्ने हुन्छ ।

चरन क्षेत्रका लागि तनहुँलाई उपयुक्त मानिएको विज्ञहरु बताउँछन् । अत्यधिक गर्मीको समयमा चितवनभन्दा तनहुँमा गर्मी कम हुनु र फूलको विविधताले गर्दा चरनका लागि तनहुँ ल्याइने गरिएको भरतपुर महानगरपालिका–१ रामनगरस्थित मौरीपालक एवं प्रा डा खेमराज न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार मौरीको उत्पादन वृद्धिका लागि पनि एक ठाउँबाट अर्को ठाउँमा समय समयमा सार्दा राम्रो हुन्छ । तराईमा मह उत्पादनका लागि मौरीलाई वर्षमा दुईदेखि चार महिना चरन क्षेत्रको अभाव हुने गरेकाले तनहुँलाई चरन क्षेत्रका रुपमा यहाँ ल्याइने गरिएको उहाँले बताउनुभयो ।

न्यौपानेले भन्नुभयो, “गर्मीको समयमा तनहुँको तापक्रम पनि करिब ३५ डिग्री सेन्टिग्रेडसम्म हुन्छ, यहाँ मौरीलाई आवश्यकपर्ने फूल फुल्ने समय हो, यसले उत्पादनमा सहयोग पुग्छ, त्यसैले यहाँ मात्रै होइन समय समयमा विभिन्न स्थानमा मौरी लगिने र ल्याउने गरेका छौँ ।”

यस समयमा यहाँका फूलको रसको विविधताका कारण मह मिठो, पौष्टिक र औषधिजन्य उत्पादन हुने गरेको उहाँले बताउनुभयो । “मौरीलाई आवश्यकपर्ने फूलको रस र पराग नेपालको हिमाली क्षेत्रबाहेक अन्य स्थानमा बाह्रै महिना सित्तैमा उपलब्ध हुन्छ, जुन मौरीले मात्रै सदुपयोग गरी मह, कुट बनाउँछ”, उहाँले भन्नुभयो ।

उपलब्ध चरन क्षेत्रका आधारमा नेपालमा व्यावसायिकरुपमा कम्तीमा चार÷पाँच लाख एपिस मेलिफेरा मौरी पाल्न सकिने आँकलन गरिएको छ । हाल नेपालमा यस प्रजातिका मौरी करिब ४० हजार जति रहेको बताइएको छ ।

चरन क्षेत्रका लागि तनहुँ उपयुक्त भएको मौरीपालक किसान बताउँछन् । चैत, वैशाख, जेठ र असार पहिलो सातासम्म तराई क्षेत्रका मौरीका लागि चरन क्षेत्र अभाव हुनेहुँदा यहाँ ल्याएर मह उत्पादनमा सहयोग पु¥याउने गरिएको मौरीपालक किसान तथा विज्ञ बताउँछन् । तराई क्षेत्रमा बढी गर्मी र चरन क्षेत्रको अभाव हुने समयमा तनहुँ चरन क्षेत्र बन्दै गएको हो । चरन क्षेत्र अभाव हुँदा मौरीले मह उत्पादन कम गर्ने भएकाले पनि फूल हुने स्थानमा लगिने गरिएको न्यौपानेले बताउनुभयो ।

“मौरीपालक किसानले एक ठाउँबाट अर्को ठाउँमा सार्नुपर्ने विषयमा जानकार हुनुपर्छ, स्थानान्तरण गर्ने प्रक्रियाले नै मह, कुट उत्पादन वृद्धि हुन्छ, जसले गर्दा आम्दानी बढ्ने हो”, उहाँले भन्नुभयो । चरन क्षेत्रको अभावमा मौरीलाई चिनी खुवाएर राख्नुभन्दा उपयुक्त क्षेत्रको खोजी गरी लगिँदा मह उत्पादन वृद्धि हुने गरेको उहाँको भनाइ छ ।

उहाँका अनुसार चरन क्षेत्रको अभावमा मौरीलाई बेमौसम ‘असारदेखि भदौसम्म’ बचाइराख्न चिनी खुवाउने गरिन्छ । मह उत्पादनका लागि कात्तिकदेखि चैतसम्मको मौसम उपयुक्त भएको उहाँको भनाइ छ । सो अवधिमा मौरीलाई कृत्रिम खाना खुवाउनुपर्ने हुँदैन । फूलको रस पाउने समयमा पनि मौरीको चरन क्षेत्र अभाव हुँदै गएको छ ।

न्यौपानेले चरनका लागि ल्याइएका मौरीको हेरचाह गर्न कामदार राख्ने गर्नुभएको छ । न्यौपानेले मौरीको अध्ययन तथा अनुसन्धान गरी प्राध्यापनसमेत गराउँदै आउनुभएको छ । विशेषगरी तनहुँको भानु नगरपालिका–४ क्षेत्रमा मौरी राखिने गरिएको पाइन्छ । चरनका लागि मौरीलाई विभिन्न पहाडी क्षेत्रमा स्थानान्तरण गर्ने गरिएको छ ।

कृषि ज्ञानकेन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले तापक्रम बढी भएको अवस्थामा कटुस, साल, चिलाउने, खेतमा हुने मकै, चैते धानको फूल फुल्ने हुँदा यहाँ चरन क्षेत्र बनाइएको बताउनुभयो । “विशेषगरी साल, चिलाउनेको फूलले मह उत्पादनलाई बढाउँछ, जसले गर्दा मह पोसिलो पनि हुन्छ”, उहाँले भन्नुभयो । महको स्वादसमेत फरक हुने र चरन क्षेत्र कम भएको अवस्थामा यहाँ ल्याउँदा चिनी खुलाउनुपर्ने समयमा विभिन्न प्रजातिका फूलले मह उत्पादन बढाउने तिवारीले बताउनुभयो ।

“विषादी प्रयोग नभएको अवस्थामा जङ्गल बढ्दै गएको छ, विभिन्न प्रजातिका फूल पाइने हुन्छ, जसले गर्दा महमा विविधता र स्वादमा फरकपना दिन्छ, यसले गर्दा यहाँ ल्याउने गरिएको हो”, उहाँले भन्नुभयो । फूलको रसले मात्रै मौरीले मह बनाउने भएकाले फूलको विविधताका लागि विशेषगरी यहाँ मौरी स्थानान्तरण गर्ने र तराई क्षेत्रकोभन्दा यहाँको तापक्रम त्यस समयमा उपयुक्त हुने उहाँले बताउनुभयो । तनहुँमा व्यावसायिकरुपमा मौरीपालन गरिरहेका किसानले यस्ता उपयोगी विषयको अवलम्बन गर्नुपर्ने उहाँले बताउनुभयो ।

चरन क्षेत्रको अभाव

मह उत्पादनका लागि पर्याप्तमात्रामा मौरीलाई फूलको रस आवश्यक पर्छ । मौरीले फूलको रसबाट मात्रै मह उत्पादन गर्ने भएकाले प्रशस्त फूलको रस पाउनुपर्ने हुन्छ । प्रशस्त चरन क्षेत्र भए तापनि विभिन्न कारणले अभाव हुने गरेको पाइन्छ ।

मौरीको महत्वपूर्ण चरन क्षेत्र चिउरी हो । चिउरी विशेषगरी पहाडी क्षेत्रमा हुने र सो स्थानमा मौरी स्थानान्तरण गर्न सहजै पहुँच नहुँदा समस्या हुने गरेको न्यौपानेले बताउनुभयो । उहाँका अनुसार यातायातको सहज पहुँच नहुँदा यस्ता चरन क्षेत्रको सदुपयोग गर्न सकिएको छैन । मौरी व्यवसायलाई विकास गर्नका लागि महत्वपूर्ण चरन क्षेत्रमा यातायातको पहुँचको व्यवस्थापन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

“तोरी र लिची खेतीमा विषादी प्रयोग हुन थालेपछि मौरीको चरन क्षेत्र अभाव भएको हो, तोरीमा लाग्ने किरा, लिचीमा लाग्ने पतेरोको नियन्त्रणका लागि विषादीको प्रयोग बढ्दै गएकाले मौरीपालन जोखिममा पर्ने सम्भावना बढेको छ”, उहाँले भन्नुभयो । यस्ता चरन क्षेत्रमा विषादी प्रयोगले कम उत्पादन हुने, गुणस्तर घट्ने र मौरी मर्ने हुन्छ ।

व्यावसायिकरुपमा खेतीपाती ह्रास आउँदा मौरीपालनमा समेत प्रभाव पर्ने गरेको छ । खेतीपातीमा भएको परिवर्तन, सहरीकरण, जङ्गल फँडानी, जङ्गलमा आगजनी हुनेहुँदा मौरीको चरन क्षेत्र घट्दै गएको विज्ञको भनाइ छ ।

विज्ञका अनुसार मौरी व्यवसायको प्रवद्र्धन गर्न तीनै तहका सरकारबाट मौरी चरन क्षेत्र संरक्षण र विस्तार गर्नु आवश्यक रहेको छ । चिउरीको रुख बढाउन र चिउरीको रुख काट्न रोक लगाउनुपर्नेमा उनीहरुको जोड छ । मौरीपालनलाई सहयोग पुग्ने खेती, बाली, रुख, बिरुवाको वृक्षरोपण गरी यसको चरन क्षेत्र विस्तार गर्नुपर्ने उनीहरुको माग छ । रासस

Chitwan Aaja चितवन आज
आइतबार, भदौ ०३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
अगस्तमा ८८ हजारभन्दा बढी पर्यटक भित्रिए
आसामसँगको टी-२० शृंखला नेपाल ‘ए’ले जित्यो
चितवन स्व सूर्यप्रसाद श्रेष्ठ स्‍मृति ब्याडमिन्टन सम्पन्न

ताजा समाचार

सबै

अगस्तमा ८८ हजारभन्दा बढी पर्यटक भित्रिए

आसामसँगको टी-२० शृंखला नेपाल ‘ए’ले जित्यो

चितवन स्व सूर्यप्रसाद श्रेष्ठ स्‍मृति ब्याडमिन्टन सम्पन्न

एससीओ शिखर सम्मेलनमा प्रधानमन्त्रीको सम्बोधन

विद्या भण्डारीको पार्टी सदस्यता रोक्न मिल्दैन, विधान महाधिवेशनमा कुरा उठाउँछु : सुरेन्द्र पाण्डे

दार्चुलाको नौगाड खोलामा खस्यो अटो, एक जनाको मृत्यु, २ बेपत्ता

मुग्लिन सडकमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

अफगानिस्तानमा शक्तिशाली भूकम्प, ६०० जनाभन्दा बढीको मृत्यु

चितवनका दुई हात्ती कतार पठाइँदै

लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो, यसमा मित्रराष्ट्रहरूले चित्त दुखाउनुपर्दैन : गृहमन्त्री लेखक

रास्वपा उम्मेदवार थापाको पत्रकारसँगको भेटघाट स्थगित

गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

तोलामा २ लाख ५ हजार नाघ्यो सुनको मूल्य

राष्ट्रियसभाको बैठक आज बस्दै

कोशी ब्यारेजको ३१ ढोका खोलियो

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नु भयो ?

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

चितवनका युवा व्यवसायी लामिछानेको ‘भाइरल गोर्खे’ जेठ ३० मा

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

सुनको मूल्य फेरि घट्यो

विशेष

सबै
  • १.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • २.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ३.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ४.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ५.
    सुनको मूल्य फेरि घट्यो

  • ६.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ७.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ८.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • ९.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • १०.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • ११.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

  • १२.
    सडकमा दुध पोखेर आन्दोलनमा उत्रिए चितवनका किसान (फोटो/भिडियोसहित)

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

  • ३.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४.
    आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

  • ५.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ६.
    चितवनबाट दिदीबहिनी बेपत्ता

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.