चितवन, साउन ३१
चितवनको नारायणगढमा रहेको मेट्स इन्टरनेशनलले विधार्थीहरुलाई लक्षित गरी पिटीई ट्रेनिङ सेसन आयोजना गर्ने भएको छ ।
उक्त कार्यक्रम आउँदो शुक्रबार भाद्र १ गते (१८ अगस्ट २०२३) विहान १० देखि ११ बजे पहिलो सेसन तथा ११ देखि १२ बजे दोस्रो सेसन मेट्स इन्टरनेशनल चितवनको नारायणघाट सहिद चोक अवस्थित कार्यालयमा आयोजना गरिने सञ्चालक प्रकाश पौडेलले जानकारी दिए ।
उक्त ट्रेनिङ पिटिई नेपाल बिजनेस डेभलभमेन्ट कन्सलटेन्ट सुमन कृष्ण श्रेष्ठले दिनेछन् ।
मेट्स इन्टरनेशनल चितवनका म्यानेजर प्रकाश पौडेलका अनुसार यस पिटीई तालिममा सहभागी हुँदा विद्यार्थीहरूले उनीहरूको भाषा प्रवीणता र परीक्षा दिने सीपहरूलाई उल्लेखनीय रूपमा वृद्धि गर्न सक्छन् ।
यो सेशनले परीक्षा ढाँचा, सामग्री र स्कोरिङ मापदण्डको गहिरो बुझाइमा मात्र लैजाने होइन उनीहरूको बोल्ने, सुन्ने, पढ्ने र लेख्ने क्षमताहरू पनि बढाउँने पौडेलको भनाइ छ ।
यस प्रशिक्षणका माध्यमबाट मेट्स इन्टरनेशनल चितवनले स्थानीय पिटिइ पढने विधार्थीका लागि उच्च स्कोर ल्याउन सहयोग र उच्चस्तरको शिक्षामा अवसर प्रदान गर्नका लागि प्रयास गर्ने विश्वास लिइएको छ ।
चितवनमा १५ वर्षअगाडि स्थापना भएको मेट्स इन्टरनेशनलले उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, क्यानडा, वेलायत लगायतका विभिन्न देश जान चाहने विधार्थीहरुलाइ शैक्षिक परामर्श, भर्ना प्रक्रिया सहजिकरण, भिसा आवेदनमा सहयोग गर्नुका साथै आइएलटिएस र पिटीईका कक्षाहरु सञ्चालन गरिरहेको छ ।