चितवन, वैशाख १९ –
नेकपा माओवादी केन्द्र रत्ननगर वडा नं ११ का वडा कमिटी सचिव इश्वरीप्रसाद चौलागाई एमालेमा प्रवेश गरेका छन् ।
विगत १५ वर्षदेखि माओवादी केन्द्रमा रहेर सक्रिय राजनीति गरेका चौलागाई स्थानीय तहको निर्वाचनको मुखैमा एमालेमा प्रवेश गरेका हुन् ।
एमालेको रत्ननगर नगर पार्टी कार्यालयमा आयोजित कार्यक्रममा केन्द्रीय उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, नगर कमिटी अध्यक्ष इश्वरीप्रसाद अर्याल, जिल्ला कमिटी सदस्य तथा जिल्ला स्कुल विभाग प्रमुख गोपी नेपाल, रत्ननगर काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष टंक दुवाडीले चौलागाईलाई टीका र खादा लगाएर पार्टीमा स्वागत गरेका छन् ।
सो अवसरमा चौलागाईले माओवादी केन्द्रमा चरम बिचलन आएको भन्दै सो पार्टीमा आफ्नो भविष्य नदेखेर जनताको प्रिय पार्टी एमालेमा प्रवेश गरेको बताए । १५ वर्ष अघि म एमालेमै थिएँ । उनले भने पछि रोजेको माओवादीले देश र जनताको हितमा काम गर्ने नदेखेर पुरानै पार्टीमा फर्केको हूँ ।