तनहुँ, २७ साउन
पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
आज बेलुका करिब साढे ६ बजदेखि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
तनहुँको आँबुखैरनी गाउँपालिका–४, ऐनापहारास्थित सडकमा पहिरो खसेको हो । सडकमाथिबाट पहिरो खसेर दुईतर्फी नै सवारी आवागमन बन्द रहेको प्रहरीले जानकारी गराएको छ ।