काठमाडौँ, २० साउन
प्रत्येक शनिवार रैथाने एग्री प्रडक्टस् नेपालद्धारा आयोजना गरिने रैथाने कृषि हाटबजार आज (शनिवार) दरवारमार्गस्थित ओरियन्ट क्याफेमा सञ्चालन गरिएको छ ।
उत्पादक किसान र उपभोक्ताबीच सीधा सम्पर्क स्थापनागरी उत्पादित वस्तुको बिक्री वितरण गर्ने उद्देश्यका साथ हाजबजार सञ्चालन गरिएको हो ।
हाजबजारमा रैथाने तथा स्थानीय खाद्यान्न, अन्न, गेटागुडी, जडीबुटी, मौसमी अर्गानिक फलफूल तथा तरकारी, सीपमा आधारित हस्तकलाका सामग्री, बीउ बिजन अन्य घरायसी सामग्री तथा परामर्श सेवा समेत उपलब्ध गरिएको छ ।