Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, चैत ०२, २०८२
☰
Logo सोमबार, चैत ०२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ३. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ४. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५. दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ६. ट्रम्पका धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो नयाँ सर्वोच्च नेता

  • ७. तेहरानका तेल डिपोमा अमेरिका–इजरायलको आक्रमणले ‘एसिड वर्षा’को खतरा

  • ८. १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • ९. रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

  • १०. नवलपरासीबाट २६ वर्षकै उमेरमा सङ्घीय संसद् पुग्न सफल मनिष खनाल

बागलुङको बुकीमै पुगेर लम्पी स्किनको उपचार

ढोरपाटन, २० साउन
यतिबेला बागलुङको ढोरपाटनका पशुपालक किसान बुकी क्षेत्रमा छन् । बर्खायाम पशुचौपायाका लागि पोषिलो घाँस पर्याप्त पाइने हुँदा सयौँ किसान हजारौँ भेँडाबाख्रा र गाईभैँसी लिएर बुकी पुगेका हुन् । चार हजार पाँच सय मिटरको उचाइमा पर्ने बुकी क्षेत्र यति बेला हरियाली घाँस र पशुचौपायले ढाकिएको छ । हरेक वर्ष जेठ पहिलो सातादेखि नै निकै उत्साहका साथ बुकी जाने किसान यस वर्ष त्यत्ति उत्साहित छैनन् । किसानले पालेका गाई, भैँसी र गोरुमा लम्पी स्किन सङ्क्रमण भएपछि उनीहरु निराश छन् ।

सङ्क्रमणबाट धेरै पशुचौपाया मरे भने सयौँको सङ्ख्यामा सङ्क्रमित छन् । पशुको शरीरभरि घाउ हुने र जटिल बन्दै गएपछि पशु मर्ने गरेका छन् । पशुमा सङ्क्रमण बढ्दै गएपछि ढोरपाटन नगरपालिकाले बुकीमै पुगेर पशुको उपचार गरेको छ । बेसीमा सङ्क्रमित भएका पशुचौपायालाई गोठमै प्राविधिक खटाएर सङ्क्रमण नियन्त्रण गरिरहेको छ । ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद ज्ञवालीसहित पशु प्राविधिकको टोली बुकीमै पुगेर औषधि वितरण तथ खोप लगाएर फर्किएको छ ।

प्राविधिकसहितको टोली बुकीमा पुगेर बिरामी पशुको उपचार गरेपछि किसानसमेत खुसी भएका छन् । बुकी ढोरपाटनभन्दा धेरै टाढा पर्छ । यो याममा सबैभन्दा बढी चौपाया बुकीमा हुने र बढी सङ्क्रमित पनि त्यही भएको हुँदा प्राविधिकको टोली बुकीमा पुगेर पशुचौयापाको उपचार गरी फर्किएको हो । आवश्यक औषधि, खोप र स्प्रे लिएर बुधबार बुकी बुकेको प्राविधिक टोली शुक्रबार साँझ मात्रै फर्किएको ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताउनुभयो ।

बुकीबाट पशु सङ्क्रमण भई मर्न थालेको खबर पाएपछि आफ्नो नेतृत्वमा प्राविधिक टोली बुकी गएको उहाँले बताउनुभयो । बुकीमा पुगेर एक हजार बढी पशुचौपायालाई खोप लगाउनाका साथै उपचार गरिएको ज्ञवालीको भनाइ छ । यसले कृषकलाई ठूलो राहत पुगेको उहाँ बताउनुहुन्छ । बुकी निकै टाढा भए पनि आफूहरु दिनभरि हिँडेर गोठमा पुगेको ज्ञवालीले सुनाउनुभयो ।
“लम्पी स्किन निकै खतरनाक रोग रहेछ, धेरै ठाउँमा फैलिएको यो रोग ढोरपाटनको बुकीसम्म पुग्यो, बुकी धेरै टाढा रहेछ, चार हजार पाँच सय मिटरको उचाइको बुकीमा पुगेर तीन हजार मिटरमा ओर्लिएपछि गोठहरु भेटिए, पशुचौपाया खुल्ला ठाउँमा थिए, धेरैमा सङ्क्रमण देखियो”, प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले भन्नुभयो, “हामीले आवश्यक औषधि, खोप र स्प्रे लगेका थियौँ, प्राविधिकले खोप लगाउनुभयो, उपचार गर्नुभयो, केही औषधि किसानलाई नै छोडेर आएका छौँ, सङ्क्रमण बढ्दै गए नगरपालिकालाई सम्पर्क गर्न भनेका छौँ ।”

आफूहरु बुकीमा दुई दिन बसेर पशुको उपचार गरेको उहाँले बताउनुभयो । गोठमा बस्दै आएका किसानले पशुको उपचारसँगै त्रिपाल, सोलार लगायतका आवश्यक सामग्रीको माग गरेको भन्दै त्यसलाई पनि नगरपालिकाले व्यवस्थापन गर्दै जाने ज्ञवालीले बताउनुभयो । अहिले नगरपालिकाले एकजना प्रविधिकलाई बुकीमै खटाएको उहाँको भनाइ छ ।

हालसम्म ढोरपाटन नगरपालिका भर एक हजार सात सय बढी पशुचौपाया सङ्क्रमित भएको नगरपालिकाका रोजगार संयोजक हिरालाल खनालले जानकारी दिनुभयो । सङ्क्रमितमध्ये एक सय सात बढी चौपाया मरेको खनालको भनाइ छ । सङ्क्रमणपछि मृत्यु हुनेमा अधिकांश गोरु रहेको भन्दै केही गाई, केही भैँसी र बाच्छाबाच्छी रहेको उहाँले बताउनुभयो । नगरपालिकाले गाउँमा भएका पशुचौपाको पनि प्राविधिक खटाएर सङ्क्रमण नियन्त्रण गरिरहेको उहाँको भनाइ छ ।

“बुकीमा भएका धेरै पशुमा पनि समस्या देखियो, भौगोलिक रुपले टाढा र अफ्ठ्यारो स्थानमा हुँदा किसानले समयमै खबर गर्न सक्नु भएन, यद्यपि केही ढिला भए पनि त्यहाँ पुगेर सङ्क्रमण नियन्त्रण गर्ने प्रयास भएको छ, अहिलेसम्म सङ्क्रमित भएकामध्ये मृत्यु हुनेको सङ्ख्या कम छ”, उहाँले भन्नुभयो, “सङ्क्रमणलाई पूरै नियन्त्रण गर्न गाउँमा भएका पशुचौपायको पनि उपचार भइरहेको छ, जहाँ सङ्क्रमण फैलिएको छ, त्यहाँ नगरपालिकाबाट प्राविधिक गएर उपचार गर्ने खोप लगाउने काम गर्नुभएको छ ।”

उहाँले बुकीमा भएका किसानलगायत सङ्क्रमण फैलिएको नगरपालिकाको जुनसुकै ठाउँबाट पालिकामा खबर गर्न सूचना गरेको बताउनुभयो । सङ्क्रमण दर बढी भए पनि मृत्यु दर कम रहेको उहाँको भनाइ छ । ढोरपाटन नगरपालिकालाई शून्य सङ्क्रमण गराउनका लागि प्राविधिक खटाउने, आवश्यक औषधि, खोपको व्यवस्थापन गर्ने काम भइरहेको खनालले जानकारी दिनुभयो । (रासस)

Chitwan Aaja चितवन आज
शनिबार, साउन २०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी
चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते
श्रम संस्कृतिले छानेका यी हुन् समानुपातिक सांसद

ताजा समाचार

सबै

प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

श्रम संस्कृतिले छानेका यी हुन् समानुपातिक सांसद

ग्यास अभाव र महँगीको विरोधमा उपभोक्ताकर्मीको आक्रोश

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा समानुपातिक सूचीबारे छलफल हँदै

चितवनसहित विभिन्न स्थानबाट लागूऔषधसहित १४ जना पक्राउ

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नामावली

छ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने

आक्रमणपछि कस्तो छ लेबनानमा खटिएका नेपाली शान्ति सैनिकको अवस्था ?

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त

रवि लामिछानेसहितका नेताहरू ‘बिरामी’, रास्वपाको सचिवालय बैठक भर्चुअल

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

साताको पहिलोदिन तोलामा ४८ सयले घट्यो सुनको मूल्य

गोरखा माइक्रोबस दुर्घटना अपडेटः सात जना भारतीयको मृत्यु

तनहुँ र चितवन जोड्ने घुमाउनेमा १२ वर्षदेखि पुल अलपत्र,नागरिकलाई सास्ती

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ३.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ४.
    यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५.
    दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ६.
    ट्रम्पका धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो नयाँ सर्वोच्च नेता

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.