काठमाडौँ, १९ साउन
थापाथली क्याम्पसमा इन्जिनियरिङ पढाइको शुल्क मनोमानी ढंगले बढाउन खोजेको भन्दै विद्यार्थीले प्रदर्शन गरेका छन् ।
शुक्रबार स्वतन्त्र विद्यार्थी युनियनले त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले इन्जिनियरिङ पढाइको शुल्क मनोमानी ढंगले बढाउन खोजेको भन्दै प्रदर्शन गरेको हो ।
विद्यार्थीले इन्जिनियरिङ पढाइको शुल्क सरकारले १४० प्रतिशतसम्म बढाउन लागेको बताएका छन् । उनीहरूले त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले तीन लाख ३० हजार रूपैयाँबाट बढाएर सात लाख ७७ हजार बनाउन नहुँने भन्दै त्यसको बिरोधमा विद्यार्थीले प्रदर्शन गरेका हुन् ।
थापाथली क्याम्पस सानो क्षेत्रमा सञ्चालनमा रहेको भन्दै इन्जिनियरिङ क्याम्पसलाई अर्को ठाउँमा स्थानान्तरण गर्नुपर्ने माग राखेका छन् । उनीहरूले ‘शिक्षामै राजनीति’, ‘देशको बेइज्जती’, ‘टीयू युनिभर्सिटी रोज्ने की टीयू एयरपोर्ट’, ‘सरकारको झुटो आश, ठूलो निराश देखायो’, ‘सरकार तिमी पनि मौन बसे म पनि मौन बसिदिन्छु तर तिमी दरबारमा बस, म सडकमा’, ‘१४० प्रतिशत फि बढ्ने, गरिवले पढ्ने कि नपढ्ने ?’ लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।






