चितवन, १८ साउन
क्यान्सरबाट पीडित माडी जगन्नाथपुरीकी सरस्वती दाहालकोे उपचारको लागि देबेन्द्रपुर,जगन्नाथपुर सम्पर्क मंच भरतपुरले सहयोगको लागि अपील गरेको छ ।
चितवनको माडी नगरपालिका ७ जगन्नाथपुरी निवासी सरस्वती दाहालको क्यान्सर रोगको उपचारका लागि सहयोग अभियान सञ्चालन गरिएको देबेन्द्रपुर,जगन्नाथपुर सम्पर्क मंच भरतपुरका सचिव लोकराज सापकोटाले बताउनुभयो । क्यान्सर रोगबाट पिडित दाहालको भरतपुर क्यान्सर अस्पतालमा उपचार चलिरहेको छ ।
दाहालको आर्थिक अवस्था कमजोर भएकोले सहयोग गर्न परिवारले आग्रह गरेको छ । दाहालको आर्थिक अभावका कारण उपचार प्रकृया नै रोकिने अवस्था सृजना भएकोले सबैले सहयोग गर्न देबेन्द्रपुर,जगन्नाथपुर सम्पर्क मंच भरतपुरले सबैसँग आग्रह समेत गरेको छ ।
सहयोगका लागि कृष्ण प्रसाद दाहालको कुमारी बैंक लिमिटेड माडी शाखामा रहेको खाता १६४००७८६४८३००००३ मा र इसेवा ९८५५०४६२११ मा सहयोग गर्न सकिने जनाइएको छ ।