चितवन, साउन १८
घटना भएको तीन महिनापछि आज हाजिर भएका प्रदिप रुङ्गटालाई चितवन अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
आज चितवन जिल्ला अदालतमा बयानका लागि तीन महिनापछि हाजिर भएका रुँगटालाई जिल्ला न्यायधीश डिल्लीराज शर्मा अर्यालको इजलासले थुनामा पठाउने आदेश दिएको हो ।
चितवन जिल्ला अदालतका श्रेस्तेदार ईश्वर आचार्यका अनुसार आत्महत्या दुरुत्साहनका आरोपी रुङ्गटालाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिइएको हो।
कँडेल नारायणगढस्थित वैशाख १९ गते आफ्नै कार्यालयमा मृत अवस्थामा भेटिएका थिए ।
अनमोल फिड्सका चार्टर एकाउन्टेट जीवन रावल र सोही कम्पनीको ८५ प्रतिशत शेयर किनेका प्रदिप रुङ्गटाका कारण आफूले आत्महत्या गर्नु परेको कँडेलले ‘सुसाइट नोट’मा उल्लेख गरेका थिए ।
कँडेलको न्यायको लागि घटना भएको केहि दिनसम्म उनका समर्थकहरुले चितवन बन्द र चक्काजाम गर्नुका साथै पटक पटक आन्दोलन समेत गरेका थिए ।
अर्को आरोपी जीवन रावल रावल बैशाख २२ गते बाराको सिमाराबाट पक्राउ परेका थिए । उनि केही दिन अघि उच्च अदालत हेटौँडाबाट तारिखमा रिहा भएका हुन् ।







