Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, कार्तिक २३, २०८२
☰
Logo आइतबार, कार्तिक २३, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

  • ३. सोमबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहाेस् राशिफल

  • ४. हेर्नुस तपाइँको आजको राशीफल

  • ५. उवासंघ चितवनको अध्यक्षमा शिरीष पन्तले उमेदवारी दिने

  • ६. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ७. भोलिदेखि नारायणी किनारमा हुने खेलकुद तथा व्यापार महोत्सवको तयारी पुरा

  • ८. तपाईंको आजको दिन कस्तो रहनेछ ? हेर्नुस् आजको राशीफल

  • ९. नारायणघाट-बुटवल सडकको दाउन्ने खण्ड २ महिनासम्म एकतर्फी हुने

  • १०. चितवनको माडी जाने निकुञ्जभित्रको सडकमा मोज्याक टायल लगाइने

अख्तियारमा उजुरी परेपछि भुक्तानी गरेको रकम धनगढीमाई नगरपालिकाले फिर्ता लिँदै

मुकेशकुमार यादव –
सिरहा, १५ साउन । धगढीमाई नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा सञ्चालन गरेको लोकसेवा तयारी कक्षामा व्यापक अनियमितता भएको खबरहरू सार्वजनिक भइरहेकै बेला अनियमिता पुष्टि गर्ने प्रमाणहरू फेला परेका छन् । नगरक्षेत्रका एक सय ३० जना विद्यार्थीहरूलाई लक्षित गरी सञ्चालन गरेको नायव सुब्बा र खरिदारको लोकसेवा तयारी कक्षामा व्यापक अनियमितता भएको नगरपालिकाबाट प्राप्त काजगातहरूले नै पुष्टि भएको हो।

लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने जिम्मा पाएको गौरीभक्त होटल म्यानेजमेन्ट एण्ड टेक्नोलोजि प्रा.लि.विराटनगरले पेस गरेको आर्थिक प्रस्तावनामा विनियोजित रकम खर्च गर्नकै लागि एउटै तालिममा ‘तालिम संयोजक र प्रोग्राम कोर्डिनेटर’ देखाएर रकम भुक्तानी लिएको छ । एक महिने तालिममा तीन लाख ६० हजारको फोटोकपीमा खर्च गरी व्यापक अनियमितता गरिएको स्थानीयहरू बताउँछन् ।

लोकसेवा तयारी कक्षा सञ्चालनको लागि पाँचवटा संस्थाले प्रस्ताव पेस गरेको मौखिक रुपमा भनेपनि स्थानीयले सूचनामाँग गर्दा तीनवटामात्र आर्थिक प्रस्तावना उपलब्ध गराएको छ । तीनैवटा खार्थिक प्रस्तावना हेर्दा एउटै व्यक्तिले बनाएको भन्ने स्पष्ट हुन्छ। तीनवटै आर्थिक प्रस्तावको क्रम संख्या, शीर्षक र उल्लेखित रकम एकै प्रकारको छ ।

‘सञ्चार, कार्यालय तथा व्यवस्थापन खर्च’ शीर्षकमा मात्र रकम तलमाथि पारिएको छ । यस शीर्षकमा योजनाको जिम्मा पाउने गौरीभक्त होटल म्यानेजमेन्ट एण्ड टेक्नोलोजी ट्रेनिङ प्रालिले सबैभन्दा कम ३१ हजार प्रस्ताव गरेको छ भने अन्य दुईले ४५ हजार र ९० हजार उल्लेख छ । ‘यसले सामान्य व्यक्तिले पनि मिलेमतोमा काम भएको प्रष्ट देखाउँछ,’ स्थानीय योगेश सिंहले बताए ।

तयारी कक्षा संञ्चालन गर्ने जिम्मा पाएको संस्थाले प्रमुख प्रशिक्षक खर्च दैनिक १२ हजारका दरले ३० दिनको तीन लाख ६० हजार, सहायक प्रशिक्षकको दैनिक ४ हजारको दरले ३० दिनको एक लाख २० हजार, किताव एक हजार ६ सयका तरले ६० जनालाई ९६ हजार, टिसर्ट पाँच सयका दरले ६० जनालाई ३० हजार, कप, कलम तीन सयका दरले १८ हजार, ह्यान्डस्आउट प्रतिदिन प्रतिविद्यार्थी दुई सयका दरले ६० जनाको ३० दिनमा तीन लाख ६० हजार, तालिम संयोजक दैनिक एक हजारका तरले ३० दिनको ३० हजार, सहयोगी १५ हजार, चिया विस्कुट ९० हजार, मल्डिमिडिया दैनिक २ हजारको दरले ६० हजार, विविध ५० हजार, उद्घाटन १० हजार, प्रतिवेदन एक हजार, सञ्चार, कार्यालय तथा व्यवस्थापन खर्च ३१ हजार, हलभाडा ९० हजार, प्रोग्राम कोर्डिनेटर ३५ हजार, तालिम संयोजक, प्रोग्राम कोर्डिनेटर र सहयोगीको खाना, खाजा ३६ हजार, अनुगमन खर्च २० हजारसहित १४ लाख ५२ हजार भ्याटबाहेक रकम आर्थिक प्रस्ताव पेस गरेको छ।

सोही प्रस्तावअनुसार गौरीभक्त होटल म्यानेजमेन्ट एण्ड टेक्नोलोजिले भ्याटसहित १६ लाख ४० हजार ७६० रुपैयाँको बिल गत ११ वैशाखमा पेस गरेको थियो। त्यसको तीन दिनपछि उनले भुक्तानी पाएका छन् । यो संस्थाले लोकसेवाको खरिदार र नायव सुब्बा दुवैगरी गरी ३२ लाख ८१ हजार ५२० रुपैयाँ भुक्तानी पाएको छ । एउटै संस्थाले एकैखालको आर्थिक प्रस्ताव पेस गरे दुईवटा कार्यक्रम प्राप्त गर्नुले पनि अनियमितता भएको थप आशंका उत्पन्न गरेको स्थानीय अनिल सिंहले बताए । उनले भने, ‘तीनवटाले प्रस्ताव पेस गर्ने, क्रम संख्या, शीर्षक, रकम एउटै खालको हुने । एउटै शीर्षकमा देखिनुले अनियमितता भएको प्रष्ट पार्छ।’

अनियमितताको समाचार सार्वजनिक भएपछि नगरपालिकाले छानविन समिति गठन गरेको छ । छानविन समितिमा अनियमितामा संलग्नताको आशंका गरिएका प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगाले, लेखा अधिकृत पुरुषोत्तम कुमार प्रसाद र राजश्वका कर्मचारी हुनुले समितिप्रति नै आशंका उत्पन्न भएको छ । यस सम्बन्धमा धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतोसँग सम्पर्क गर्दा उनले आफूसहित प्रशासकीय अधिकृत, लेखा, राजश्वका कर्मचारीको छानविन समिति गठन गरेका बताए ।

लेखा अधिकृत पुरुषोत्तम कुमार प्रसादसँग सम्पर्क गर्दा उनले भने, ‘सबै मिलिसकेको छ । हामी अहिले त्यसैको तयारीमा छौं। अख्तियारले पनि कागजातहरू माग गरेको छ । कामको जिम्मा लिएकासँग हामीले १० लाखभन्दा बढी रकम फिर्ता लिएका छौं। भोलिसम्म यसको सबै प्रतिवेदन अख्तियारमा बुझाइसकेपछि सार्वजनिक गछौं।’

कर्मचारीहरू आफू बच्न भुक्तानी गरेका रकम फिर्ता गराए

स्थानीयले लोकसेवा कार्यक्रममा व्यापक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय वर्दिबासमा उजुरी गरेपछि नगरपलिकाका लेखाअधिकृत र प्रमुख प्रशासकीय अधिकृत आफू बच्न आर्थिक ऐनविपरीत भुक्तानी दिएका रकम समेत फिर्ता गर्न लाएका छन् । नगरपालिकाले सम्झौता गरेअनुसारका रकम भुक्तानी दिए पनि स्थानीयहरूको चर्को विरोध र अख्तियारको छानविन पश्चात कर्मचारीहरू अहिले आफु बच्नका लागि गौरीभक्त होटल म्यानेजमेन्ट एण्ड टेक्नोलोजिसँग रकम फिर्ता गराएका हुन्।

Chitwan Aaja चितवन आज
सोमबार, साउन १५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तपाईंको आजको दिन कस्तो रहनेछ ? हेर्नुस् आजको राशीफल
चार घण्टापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुचारु
विश्व रेडियोग्राफी दिवसको अवसरमा र्‍याली तथा जनचेतना कार्यक्रम

ताजा समाचार

सबै

तपाईंको आजको दिन कस्तो रहनेछ ? हेर्नुस् आजको राशीफल

चार घण्टापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुचारु

विश्व रेडियोग्राफी दिवसको अवसरमा र्‍याली तथा जनचेतना कार्यक्रम

खेलकुद महोत्सवमा : पाँच दिनमा डेढ लाख दर्शकले गरे अवलोकन, आज एकैदिन ५० हजार

अब गर्नुपर्छ, नत्र भोलि गएर फेरि यस्तै आन्दोलन हुन्छ : मुख्यसचिव अर्याल

एमाले सभ्य, शिष्ट र सुसंस्कृत होस् : सचिव भट्टराई

बागलुङमा पिकअप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

सर्पको डसाइबाट महिलाको मृत्यु

तोसिमालाई विस्तारित बैठकमा बोल्न नदिएको भन्दै निशा डाँगीको आपत्ति

खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

टुहुरो ‘मेघौली’ गाडीको ठक्करबाट घाइते, एक जना पक्राउ

नेपालको जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्कालीन कार्यको आह्वान

मतदाता नामावली संकलन उत्साहजनक : आयोग

आलमको निधनमा रास्वपा नेतृको टिप्पणी: मृत्यु उत्सव नबनोस्, नेता सुध्रिउन्

कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

जाडोमा छालाको सुक्खापन र फुट्ने समस्याबाट कसरी बच्ने ?

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज मंगलबार कुन राशिका लागि शुभ : हेर्नुहोस् राशिफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

  • ३.
    सोमबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहाेस् राशिफल

  • ४.
    हेर्नुस तपाइँको आजको राशीफल

  • ५.
    उवासंघ चितवनको अध्यक्षमा शिरीष पन्तले उमेदवारी दिने

  • ६.
    कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech