भरतपुर, १० साउन
विद्यार्थी परिचय पत्रको आधारमा विद्यार्थीलाई यातायातमा ४५% छुट नदिएको भन्दै अनेरास्ववियु भरतपुर कमिटीले आपत्ति जनाएको छ।
आज अनेरास्ववियु भरतपुर महानगर कमिटीका संयोजक सुबास सुवेदीले विज्ञप्ति जारि गर्दै आपत्ति जनाएका हुन् । साथै सुबेदीको नेतृत्वमा गएको टोलिले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउदै अनेरास्ववियुको माग पुरा गर्न आग्रह गरेका छन्।
विद्यार्थीहरुलाई यातायातमा छुट सहुलियत नदिएको र पेट्रोलियम पदार्थको मुल्य घटिसक्दा पनि गाडी भाडा नघटेको जनगुनासो पाएपछि अनेरास्ववियु भरतपुरले समस्या समाधान गर्न सरकारसँग माग गरेको हो।
विज्ञप्तिमा भनिएको छ, “छिटोभन्दा छिटो गाडी भाडा समायोजन नभएमा र विद्यार्थी परिचय पत्रको आधारमा ४५% सहुलियत नदिएमा अनेरास्ववियु चरणबद्ध सशक्त आन्दोलनमा जान बाध्य हुने छ ।”