काठमाडौं, ९ साउन
नेपालमा गत आर्थिक वर्ष २०७९/०८० मा साढे चार करोडको चुइङ्गम आयात भएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा नेपालमा चार करोड ५८ लाख ४५ हजार रुपैयाँको चुइङ्गम आयात भएको हो ।
नेपालमा चुइङ्गम भारतबाट आयात हुने गेरको छ । सरकारले चुइङ्गम आयातबाट तीन करोड ६८ लाख ४८ हजार राजस्व संकलन गरेको छ ।