– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, साउन ९ —
विगत १५ वर्षदेखि नारायणगढ चितवनमा सञ्चालनमा रहेको मेट्स इन्टरनेशनल एजुकेसन एण्ड भिसा सर्भिसेसको शाखाले नयाँ कार्यालय थप गर्ने भएको छ ।
सुविधा सम्पन्न उक्त कार्यालयको यही साउन १२ गते उद्घाटन गर्ने तयारी गरिएको शाखा प्रमुख प्रकाश पौडेलले जानकारी दिए । शहीद चोकमा पहिले रहेकै भवनपछिको तल्लो तलामा नयाँ कार्यालय थप गर्न लागिएको हो । मेट्स इन्टरनेशनलले उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया लगायतका विभिन्न देश जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श, भिसा एप्लाई गर्नुका साथै आइएलटिएस र पिटीईका कक्षाहरु सञ्चालन गरिरहेको छ ।
सुरुवातमा अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीहरुका लागि परामर्श दिँदै आइरहेको यस संस्थाले हाल अष्ट्रेलियासहित क्यानडा, युके, युएसए, आयरल्यान्ड एवम् न्युजिल्यान्ड अध्ययन गर्न जाने विद्यार्थीहरुलाई समेत परामर्श दिँदै आइरहेको छ ।
यीनै कार्यहरुलाई प्रभावकारी बनाउन र अत्याधुनिक टेक्नोलोजीका साथ विद्यार्थीहरुलाई शान्त वातावरणमा अध्यापन गराउन नयाँ कार्यालय खोलिएको पौडेलले चितवन आजलाई जानकारी दिए । अष्ट्रेलिया भनेकै मेट्स इन्टनेशनल भनेर मार्केटमा छाएको मेट्स इन्टरनेशनल विद्यार्थी तथा अभिभावकबीच लोकप्रिय रहेको शैक्षिक परामर्श संस्था हो ।
मेट्सले संसारभरि जस्तो सुकै परिस्थिति रहँदा पनि संख्याको आधारमा भन्दा पनि गुणस्तरीयताको आधारमा विद्यार्थीलाई उनीहरुको शैक्षिक स्तर, भाषा परिक्षाको नतिजा तथा परिवारको आर्थिक अवस्थाको आधारमा उपयुक्त कलेज र विश्वविद्यालय तथा सम्बन्धित विषयको माथिल्लो तहका लागि परामर्श दिने गरिएको पौडेलको दाबी छ ।
काठमाडौंमा २०६४ बाट र चितवनमा २०६५ मा सुरु भएको मेट्स इन्टरनेशनल सबैभन्दा पहिला अष्ट्रेलियाको सिड्नीबाट सुरु भएको हो । मेट्स इन्टरनेशनलले नेपाल, भारत, अष्ट्रेलिया, लाओस, फिजि र फिलिपिन्स गरि ६ वटा देशका २१ स्थानमा आफ्नो व्यावसायिक संजाल विस्तार गरिसकेको छ ।